खोजि गर्नुहोस..

पिपलवोट सहकारी बाँसगढीको अध्यक्षतामा रामचन्द्र अधिकारी, बन्यो ११ जनाको कार्य समिति

पौष १७ अनलाइन बाँसगढी

बाँसगढी नगरपालिकामा रहेको पिपलबोट बचत तथाल ऋण सहकारी संस्था लि बाँसगढीको अध्यक्षतामा रामचन्द्र अधिकारी निर्वाचित हुनु भएको छ । संस्थाको आज भएको १३ औ बार्षिक साधारण सभावाट नव निर्वाचित संस्थाको अध्यक्षमा राम चन्द्र अधिकारी हुनु भएको हो ।

संस्थाले गरेको १३ औ साधारण सभा पश्चात नयाँ कार्य समिति चयन गरिएको थियो । नयाँ कार्य समितिमा उपअध्यक्षमा नारायण प्रसाद पौडेल,  सचिवमा धन बहादुर बुढा, कोषाध्यक्षमा बद्रीनाथ बराल निर्वाचित हुनु भएको छ ।

संस्थाका सदस्यहरुमा बिजया कुमारी शर्मा, सरस्वती निमिल्सिना, देबि माया बस्याल, भोजराज शर्मा, बिष्णु प्रसाद ढकाल, रामफल चौधरी र तिलनाथ शर्मा लामिछाने लगायत ११ जनाको कार्य समिति गठन भएको छ । त्यसैगरी लेखा संयोजकमा सन्तोष कुमार रेग्मी,सदस्य युगपति पौडेल र भवदिन पोख्रेल रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *