खोजि गर्नुहोस..

यौनिक तथा लैगिक अल्पसंख्यक व्यक्तिहरुको अधिकारका लागि बाँसगढीमा अन्तरक्रिया

अनलाईन बाँसगढी, पौष १६

यौनिक तथा अल्पसंख्यक नागरिकहरुको मानव अधिकार संरक्षण तथा सम्मान रुपमा बाच्न पाँउने अधिकारको सुनिस्चित हुनु पर्ने एक कार्यक्रमका विच सहभागिहरुले जोड दिएका छन । बाँसगढी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा यौनिक तथा अल्पसंख्यक भएका ब्यक्तिहरु सँगको अन्तरक्रिया बोल्दै सहभागिहरुले उक्त कुरामा जोड दिइएको हुन ।

 कार्यक्रममा सुन्दर नेपाल संसार बर्दिया अध्यक्ष सपना चौधरीले आँफुहरुले लैङ्गिक पहिचान सहितको नागरिकता तथा राहादानी, समलिङ्गि बिबाह, लैङ्गिक मैत्री शब्दको प्रयोग, रोजगार र स्वास्थ्य, शिक्षा तथा नीतिगत तहका ब्यबस्था हरुमा आँफुहरुलाइ समस्या सिर्जना भएको र उक्त समस्याहरु आँफुहरुले भोग्दै आएको बताउनु भयो ।

उहाँले थप बोल्दै भन्नु भयो “अझै पनि हाम्रो समाजमा यौनिक तथा अल्पसंख्यक नागरीकहरुले सम्मानजनक बोलि र ब्यबहार पाएका छैनन । सवैलाइ सम्मान गर्दिनु होला ।”

कार्यक्रममा बोल्ने बक्ताहरुले अझै पनि स्थानीय तहमा समुदाय स्तरमा लक्षित गरिएका कार्यक्रमहरु सन्चालन नभएको, राष्ट्रिय जनगणनामा यौनिक तथा लैंगिक समुदायहरुलाइ समावेस गरि कार्यक्रम ग स्थानिय निकायहरु अनकनाइएको बताएका छन ।

सो कार्यक्रममा बर्दिया जिल्ला बार एशोसियनकि सचिव तथा अधिबक्ता लक्ष्मि नेपालले यौनिक तथा अल्पसंख्यकहरुको अवस्था र कानुनी हक अधिकारको बारेमा सहजीकरण गर्नु भएको थियो । अधिबक्ताले हालसम्म १ सय ७० जनाले लिङ्ग ‘अन्य’ राखि नेपाली नेपाली नागरिकताक प्रमाणपत्र लिएको जानकारी गराउनु भयो ।

सामाजिक विकास समितिका संयोजक तुलप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनवहादुर चन्द तथा नगरपालिका भित्रका यौनिक तथा अल्पसंख्यक नागरिकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *