खोजि गर्नुहोस..

बाँसगढीमा हुन गई रहेको चौथो मेयरकप रनिङ शिल्ड २०७८ प्रतियोगिताको तयारी तीव्र

बाँसगढीमा हुन गई रहेको चौथो मेयरकप रनिङ शिल्ड २०७८ प्रतियोगिताको तयारी तीव्र

बर्दियाको बाँसगढी नगरपालिकामा चौथो मेयरकप रनिङ शिल्ड प्रतियोगिता– २०७८ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पुस दोस्रो सातादेखि प्रतियोगिता सञ्चालन हुने जानकारी गराइएको छ ।

चौथो मेयर कप रनिङ शिल्ड बाँसगढी नगरपालिकाको आयोजना र बालज्योति एकेडेमी बाँसगढी–८ ककौराको सहआयोजनामा हुने छ । उक्त प्रतियोगिता पुस १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता आयोजनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख शालिकराम अधिकारीले प्रतियोगिताको लागो र झण्डा सार्वजनिक गरेका थिए । सम्मेलनमा बोल्दै उनले बाँसगढी नगरपालिकामा रहेका प्रतीभाहरुको परस्फुटन गराउन प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए ।

खेलकुदका माध्यमबाट बाँसगढीलाई चिनाउने र नयाँ प्रतीभा जन्माउने प्रतियोगताको उद्देश्य रहेको उनको भनाइ थियो । यस्तै उनले सम्पूर्ण बाँसगढी नगरवासीलाई प्रतियोगिता सफल बनाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

मेयरकप
लोगो सार्बजनिक

मेयरकप रनिङ शिल्ड बाँसगढी नगरपालिका वडा नम्बर ८ मा रहेको नगरस्तरीय खेल मैदानमा हुने आयोजकले जनाएको छ । यसैगरी खेल व्यवस्थापन मूल समितिको मंगलबार नै बसेको पहिलो बैठकले खेललाई सफल बनाउन महत्वपूर्ण निर्णय गरेको छ । प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले यही पुस १० गते साँझ ४ बजेभित्र टीम दर्ता गरिसक्न पर्नेछ ।

खेलाडी छनोट प्रक्रिया राष्ट्रपति रनिङ शिल्डको कार्यविधिअनुसार हुने, खेल सम्पादन गर्नका लागि उपसमिति गठन गरिएको छ । प्रविधि छनोट आयोजक विद्यालयले गर्ने खेल व्यवस्थापक मूल समितिले जनाएको छ ।

सामजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष तुलप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्द, शिक्षा शाखा प्रमुख छत्रबहादुर शाही, नगरभित्रको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलगायतको सहभागिता रहेको बालज्योति एकेडेमीका प्रिन्सिपल जीतबहादुर रोकायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *