महालक्ष्मी बिकास बैंक लि. शाखा कार्यालय बाँसगढीले आज एक कार्यक्रमका बिच नगरपालिकालाइ ४३ हजार १ सय ८१ रुपिया पैसा साठी हस्तान्तरण गरेको छ । महालक्ष्मी बिकास बैंक लि.का शाखाका प्रमुख दिपेन्द्र बोहराले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत धन बहादुर चन्दहलाई उक्त चेक रकम हस्तान्त्ररण गर्नु भएको हो । सुन्दुर हरियाली सफा सहर, सम्बृद्ध व समुन्नत बाँसगढी नगर बनाउने उद्देश्यले महालक्ष्मी बिकास बैंक लि. शाखा कार्यालय बाँसगढीले आज एक कार्यक्रम बिच उक्त रकम हस्तान्तरण गरेको शाखा प्रमुख बोहोराले बताउनु भयो ।
बाँसगढी बजार क्षेत्रमा ४ लाईनक सडक निर्माणका लागि सडकक बिचको डिभाइडर भागमा विभिन्न जातका बिरुवा , करिव १० स्थानमा ट्रि गार्ड लगायका कार्य गर्दै संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत चेक हस्तान्त्ररण गरिएको र आगामी दिनमा समेत बैंकले सामाजिक क्षेत्रमा कार्य गर्ने बैंकले जनाएको छ ।
कार्यक्रममा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनबहादुर चन्दले महालक्ष्मी बिकास बैंक लि .शाखा कार्यालय बाँसगढीलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्त कार्यक्रममा अन्य बैंक तथा बित्तिय संस्थाक प्रमुख तथा प्रतिनिधि, उद्योग बणिज्य संघका महासचिव, संन्चारकर्मी लगायतका ब्यक्तीको उपस्थिति रहेको थियो ।