खोजि गर्नुहोस..

बर्दियाको बाँसगढीमा माघ महोसत्सव २०७८ आयोजना हुँदै

बर्दियाको बाँसगढीमा माघ महोसत्सव २०७८ आयोजना हुँदै

बर्दियाको बाँसगढीमा महोसत्सव आयोजना गरिने भएको छ । बाँसगढी उद्योग वाणिज्य संघको आयोजनामा यहिँ पुष अन्तिमदेखि महोत्सव आयोजना गरिने भएको हो । संघका अध्यक्ष रामसिंह थारुले पाँचो
संस्करण महोत्सवको तयारी सुरु भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक आयोजना गरिने महोत्सवको नाम ‘पाँचौ बाँसगढी ओैद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव–२०७८’ हुने भएको छ । महोत्सव पुष महिनाको २९ गतेदेखि सुरु हुने जानकारी दिनुभयो ।


११ दिनसम्म सञ्चालन हुने महोसत्व माघ ९ गते सकिनेछ । बर्दियामा रहेका सम्पदाहरुको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना लागिएको आयोजक बाँसगढी उद्योग वाणिज्य संघले दिएको छ । यस्तै महोत्सव आयोजनाका लागि विभिन्न समिति समेत गठन गरिएको अध्यक्ष थारुको भनाइ रहेको छ । महोत्सवका प्रचार प्रसार विभागका एक नारायण अधिकारीले प्रचार प्रसार तथा व्यवस्थापन कार्यमा सबैको सहयोगको अपील गरेका छन् । महोत्सवको तयारी अन्तर्गत लोगो समेत सार्वजनिक भइसकेको छ ।
महोत्सवमा स्थानीय कला सांस्कृतिक प्रदर्शनी,भेषभुषाको प्रचार प्रसार तथा स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहनेछ । ‘पाँचौपटक महोत्सव सञ्चालनको तयारी सुरु भएको छ । यसपटक विशेष रुपमा मनाउने तयारी गरिएको छ । बर्दिया बाघका लागि चर्चित छ । बाघको समेत प्रसार हुने अपेक्षा गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने पनि उद्देश्य रहेको छ । ’ अध्यक्ष थारुले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *