खोजि गर्नुहोस..

शीतलहरवाट बर्दियामा साढे ६ हजार ब्यक्ति प्रभावित हुन सक्ने

मधुर पौडेल, अनलाईन बाँसगढी

शीतलहरवाट बर्दियामा साढे ६ हजार ब्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जिल्ला बिपद् ब्यबस्थापन समिति बर्दियाको बैठकवाट तयार पारिएको ‘शीतलहर आकस्मिक योजना–२०७८’ अनुसार हिउदको महिनावाट फाल्गुण महिनासम्म ६ हजार ५ सय नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

जिल्ला बिपद् ब्यबस्थापन समिति बर्दियाका अध्यक्ष सन्त बहादुर सुनारका अनुसारका सवै भन्दा धेरै गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, राजापुर नगरपालिका तथा बढैयाताल गाँउपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिका क्रमस धेरै प्रभावित हुन सक्ने अनुमान गरिएको बताइएको छ ।  

शीतलहरवाट सर्वसाधारणहरुलाइ जोगाउन सवै स्थानीय तह तथा सरोकारवालाहरु सँग समन्वय गरि न्यानो कपडा, इन्धन तथा दाउरा बितरण गरिने, विभिन्न संचार माध्यमहरुवाट सचेतना मुलक सामाग्रीहरु प्रसारण गर्ने र शीतलहर पूर्वतयारी तयारी कार्यशाला सन्चालन गर्ने योजना रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनायको छ । जिल्ला प्रशासनले शीतलहरवाट नागरिकहरुलाइ जोगाउन आवश्यक तयारी समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *