खोजि गर्नुहोस..

बाँसगढीमा ५ औं बर्दिया माघ महोत्सव पौष २९ गते देखि:- बाणिज्य संघको पत्रकार सम्मेल

पौष १३

अनोज थारु, अनलाईन बाँसगढी

बर्दियाको बाँसगढी नगरपालिकामा पाँचौ बाँसगढी औधोगिक, कृषि, पर्यटन, ब्यापार मेला तथा बर्दिया माघ महोत्सव २०७८ यही पुस २९ गते देखि माघ ९ गते सम्म सन्चालन हुने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी बाँसगढी उद्योग बाणिज्य संघले उक्त कुरा जनाएको छ । कृषि, पर्यटन, ब्यापार तथा संस्कृतिको पहिचान, बिकास र समृद्धिमा हामी सबैको अभियान भन्ने मुल नाराका साथ पाँचौ बाँसगढी महोत्सव सन्चालन हुन लागेको हो ।

 स्थानीय पत्रकारहरुसंगको प्रेस सम्मेलनमा स्थानीय कृषि, पर्यटन, उद्योग र ब्यापार तथा कला संस्कृतिको पहिचान बिकास र सम्बृद्धिमा पहुँच पुर्याउने उद्देश्यले मेलाको आयोजना गरेको महोत्सवका मुल समितिका संयोजक तथा बाँसगढी उद्योग बणिज्य संघका अध्यक्ष राम सिंह थारुले बताउनु भयो । बर्दियामा कृषि, उद्योग र पर्यटनलाई मात्रै सुधार गर्न सक्ने हो भने यहाँका जनताहरुको आर्थिक स्तर बढ्ने महोत्सवका मुल समितिका संयोजक थारुले बताउनु भयो ।

उहाँले मेला महोत्सवबाट अनुमानित करिव ८० देखि ८५ लाख सम्मको कारोबार हुने, त्यसबाट करिव ७० लाख सम्म खर्च हुन सक्ने आयोजकले आँकलन गरेको बताउनु भयो ।  “महोत्सवबाट करिव १५ देखि २० लाख बचत हुने पेक्षा राखेका छौ “  संघका अध्यक्ष राम सिंह थारुले बताउनु भयो ।

बाँसगढी उद्योग बणिज्य संघले अहिले सम्म चार पटकसम्म मेलाको आयोजना गरिसकेको र उक्त मेला मार्फत यस क्षेत्रको प्रचार प्रसार गर्नुका साथै ब्यापार ब्यवासाय, थारु कला संस्कृति र विभिन्न खाद्यन्य परिकारको माग समेत बढेको बाँसगढी उद्योग बणिज्य संघका बरिष्ठ उपाध्क्ष बद्रि बरालले बताउनु भयो ।

एउटा झोलामा सिमित रहेको बाँसगढी उद्योग बणिज्य संघ अहिले मेला महोत्सव बाटै भएको आमदानीबाट संघले दुई तलाको भवन बनाउन सफल भएको उपाध्यक्ष बरालले बताउनु भयो ।

त्यस्तै महोत्सववाट बर्दियामा रहेका बिभिन्न घुम्न तथा हेर्नलायक ठाँउको प्रचार प्रसार हुने गरेको बाँसगढी उद्योग बणिज्य संघका महासचिव युगपति पौडेलले बताउनु भयो ।

स्थानीय पत्रकारहरुसंग कुरा गर्दै प्रचार प्रसार उपसमितिका संयोजक एकनारायण अधिकारीले महोत्सवको प्रचार प्रसार रेडियो, टिभि, अनलाईन, सामाजिक सन्जालन लागएत गाँउ गाँउमा अटोबाट समेत प्रचार प्रसार गर्ने काम तीब्र रुपमा भईरहेको र सवैको सहयोगको अपेक्षा गरेको  बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *