हुुम कुुमार चौधरी ।
जनप्रिय माध्यामिक विद्यालय बाँसगढी ६ दमौलीको विद्यालय व्यवस्थापन समितिले पुर्णता पाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामफल थारुलाई सर्वसहमत चयन गर्दै आईतबार पुर्णता दिएको हो । फागुन ६ गते बसेको अभिभाबक भेलाबाट रामफल थारु, पुर्ण बहादुर शिलवाल, आशा कुमारी सन्जेल र सुमित्रा खत्री गरि ४ सदस्यीय व्यावस्थापन समिति गठन गरिएको थियो ।
सोही समितिले रामफल थारुलाई लामो प्रयास पछि विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सर्वसहमत चयन गर्न सफल भएको हो । भने २ जना सदस्य मनोनित गर्नु पर्ने प्रावधान अनुसार मोहमद रहिम मिया र दिल कुमारी रावतलाई पनि सदस्यमा मनोनित गरेको छ । त्यसैगरी विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि नर बहादुर बुढा, पदेन सदस्य बाँसगढी नगरपालिका वडा न ६ का वडा अध्यक्ष लाल बहादुर क्षेत्री र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शर्भिस शर्मा रहनु भएको छ ।
विद्यालय व्यवस्थापन समितिमा ६ जना अभिभाक, १ जना शिक्षक, पदेन सदस्य वडा कार्यालयबाट १ र विद्यालयको प्रधानाध्यापक सदस्य सचिव गरि ९ सदस्य समिति रहने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यापक शर्माले जनकारी दिनु भएको छ ।