खोजि गर्नुहोस..

बर्दियामा १५ दिने गाँजा फडानी अभियान सुरु


हुम कुमार चौधरी /

लागु औषध नियन्त्रणको लागि बर्दियामा १५ दिने अभियान सुरु भएको छ । लागु औषध नियन्त्रण अभियान अन्र्तगत जिल्ला प्रशासन कार्यालयको ३ महिने कार्ययोजना अनुसार प्राकृतिक रुपमा उम्रेका गाँजा नष्ट अभियान गुलरियबाट सुरु गरिएको हो । शुक्रबार अभियान अन्र्तगत गुलरिया नगरपालिका वडा न २ जयनपुर स्थित खेतबारीमा प्राकृतिक रुपमा उम्रेका १० कठ्ठा बराबरको गग्गाको गाँजा फडानी गरेर नष्ट गरिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक केदार खनालको कमाण्डमा १५ जना प्रहरी, सशस्त्र प्रहरी निरिक्षक काजिराम श्रेष्ठको कमाण्डा ७ जना गरि २१ जना सुरक्षा कर्मी राजनैतिक दलका प्रतिनिधि, स्थानिय बासीन्दाको सहभागितामा प्राकृतिक रुपमा उम्रेका गाँजा फडानी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *