खोजि गर्नुहोस..

शिक्षक संगठन बर्दियाको अध्यक्षमा ढुङ्गाना निर्वाचित


रावन विश्वकर्मा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाको अध्यक्षमा फणिन्द्र प्रसाद ढुङ्गाना निर्वाचन हुुनुुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाको १४ औँ जिल्ला अधिबेशनबाट अध्यक्षमा ढुुंगाना सर्वसम्मत निर्वाचित हुुनुु भएको हो । त्यस्तै उपाध्यक्ष महिलामा अम्बिका रिजाल, उपाध्यक्ष खुला कलम बहादुर शाही। सचिवमा पर्वानन्द न्यौपाने, कोषाध्यक्षमा धन बहादुर गिरी, सह सचिवमा तेजुमाया बानिया, सह कोषाध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित भएका छन् ।

सदस्यहरुमा लक्ष्मी खत्री, खुम कुमारी पौडेल, लेखनाचा पौडेल, सुवाष खत्रि, गजेन्द्र बहादुर केसी, भरत अधिकारी, विरेन्द्र प्रसाद गौतम, भवानी प्रसाद रेग्मी, तुलसी काफ्ले, शंकर कुमार हमाल, अजय शर्मा, सुरेश कुमार खत्री, शिवहरी ज्ञवाली, कृष्ण प्रसाद थारु, इन्द्रा बि.क, जैसिंह बि.क., इन्द्र प्रसाद देवकोटा, प्रर्शराम चौधरी रहेका छन् । जिल्ला अधिबेशनले राष्ट्रिय महाधिबेशन प्रतिनिधीमा ५ जनालाई चयन गरेको छ । जसमा, गोपाल सुवेदी, कृष्णराज शर्मा, नारायण अधिकारी, भक्ति सागर रेग्मी,पार्वति रसाइली रहेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दिया अध्यक्ष भक्तिसागर रेग्मीको अध्यक्षतामा भएको अधिबेशनमा केन्द्रिय उपमहासचिव एकदेव पन्ति, पुुर्व शिक्षा मन्त्रि कृष्ण गोपाल श्रेष्ठ, नेकपा एमाले केन्द्रिय सदस्य खडक बहादुुर खड्का, केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा सविधान सभा सदस्य श्याम ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाका ईन्चार्ज बामदेव सुुवेदी, नेकपा एमाले बर्दिया अध्यक्ष सालिकराम अधिकारी लगायतको उल्लेख्य सहभागिता रहेको नवनिर्वाचित अध्यक्ष फणिन्द्र प्रसाद ढुङ्गानाले जानकारी दिनुुभयो । जिल्ला अधिबेशन बिशेष समारोहमा शिक्षक संगठनका संस्थापक, नगर तथा गाँउपालिका अध्यक्ष लगायतलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *