विन्दु चौधरी
बर्दियाको बाँसगढी नगरपालिका वाड नं ५ मा रहेको लक्ष्यदिप सामाजिक उद्यमी महिला सहकारी संस्थाले मासु उत्पादन गर्ने एक सय ६४ जना कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई खसिको मासु उत्पादनका आधारमा प्रतिकलो रु २५ रुपैयाका दरले अनुदान वितरण गरिएको हो । गत आर्थिक वर्ष २०७९।८० सालको प्रतिफल उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत सहसकारी संस्थामार्फत मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको लक्ष्यदिप सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रर्वन्धक शान्ता सुवेदीले जानकारी दिनुभयो । एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय गुलरियाले सहकारीमार्फत १९ हजार एकसय ९६ किलो मासु उत्पादन गर्ने कृषकलाई अनुदान उपलब्ध गराएको संस्था प्रर्बन्धक सुवेदीले बताउनुभयो । सहकारी संस्था मार्फत खसिबोका विक्रि गर्ने एक सय ६४ जना कृषकलाई मासु उत्पादनका आधारमा रु.४ लाख ७९ हजार ६ सय ५० रुपैया बराबरको अनुदान वितरण गरिएको उहाँले बताउनुभयो । बाँसगढी नगरपालिकालाई मासुमा आत्मानिर्भर बनाउन र कृषकलाई मासु उत्पादनमा जोड दिने उद्देश्यले किसानले पालेर बिक्रीका लागि योग्य भएका खसी, बोकाको तौल मापन गरी अनुदान उपलब्ध गराइएको लक्ष्यदिप सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष सरला कुमारी शर्माले बताउनुभयो । यता बाँसगढी नगरपालिकाले गत आर्थिक वर्ष मासु उत्पादन गर्ने कृषकलाई मासुमा प्रतिकीलो रु.१० रुपैया अनुदान दिने निति कार्यक्रम ल्याउएपनि कार्यन्वयन नहुदा मासु उत्पादन गर्ने किसान गुनासो गरेका छन् । सहकारीले भने पशुपालक किसानलाई उत्पादनतर्फ आकर्षित गर्न तथा मासुजन्य उत्पादन बढाउने योजनाअन्तर्गत कार्यक्रमलाई निरतर अघि बढाइएको संस्थाका अध्यक्ष शर्माले बताउनुभयो ।