खोजि गर्नुहोस..

बाँसगढीमा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तरर्गत विद्यालयको अनुगमन

विन्दु चौधरी
राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाद्धारा संचालित स्थानीय अधिकार कार्यक्रम अन्रतर्गत बाँसगढी नगरपालिका भित्रका ४ वटा विद्यालयको अनुगमन गरेको छ । विद्यालयको शैशिक्ष क्षेत्र सुधार हुने गरि कक्षा कोठा ब्यवस्थापन र भौतिक पुर्वाधार मर्मत संम्भारका लागि संस्थाले नगरभित्रका ४ वटा विद्यालयलाई हस्तान्तरण गरेका सामाग्री सहि रुपमा प्रयोगमा ल्याएको छ या छैन् भनेर आज अनुगमन गरेको हो । संस्थाले बाँसगढी नगरपालिका वाड नं६ मा रहेको जनप्रियमावि दमौलीमा ९३ हजार ८ सय संस्थाको लगानी र ३८ हजार ८ सय २० विद्यालयको लगानी गरि जम्मा एक लाख ३१ हजार ५ सय २० रुपैया बराबरको नर्सरी कक्षादेखि २ सम्म प्रिर्फमसहित कार्पेट र एलइडी जडान गरेको छ । त्यसैगरी लालिगुरास मावि माछागढमा दुई वटा कक्षा कोठामा प्रिर्फमसहित कार्पेट, भित्ते लेखन, भ्यालढोका पल्ला निर्माण र खानेपानी धारासहित टुटि निर्माण गरेको छ । मुक्त कमैया विकास प्रावि शान्तीनगरमा एक लाख ४४ हजार ५ सय ५० रुपैया बराबरको रकममा खैलमैदानमा माटो ढुवानी, कक्षा १देखि ३ सम्म कारर्पेट, फूलवारीका गाहेन निर्माण गरेको छ । त्यस्तै विश्वज्योती आवि कुनेठीमा ९१ हजार ६ सय ५० रुपैया बराबरको खानेपानी धारा मोटर जडानसहित गरि टुटी निर्माण गरेको स्थानीय अधिकार कार्यक्रम अधिकृत जयराम चौधरीले जानकारी दिनुभयो । विद्यालयको पढाइमा सहजता तथा शिक्षामा गुणस्तर ल्याउने उदेश्यले दिएको सो सामाग्री अनुगमन गर्दा विद्यालयले राम्रो संग प्रयोगमा ल्याएको अनुुमगन टोलीले जनाएको छ । एक्सन एड नेपालको साझेदारीमा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले संचालन गरेको स्थानीय अधिकार कार्यक्रम अन्गर्रत गत वर्ष सस्थाले १७ वटा विद्यालयमध्ये ७ वठा विद्यालयमा काम गरेको थियो । भने यस वर्ष १९ वटा विद्यालयमध्ये ७ वटा विद्यालयमा काम गरिहेको कार्यक्रम अधिकृत जयराम चौधरीले बताउनुभयो । संस्थाले वाड नं २,३, ६, ८ र ९ वडामा शिक्षा तर्फ विद्यालय र कृषि तर्फ महिला कृषि समुहबनाई कार्यक्रम गर्दै आएको अधिकृत चौधरीले जानकारी दिनुभएको छ । अनुगमन टोलीमा बाँसगढी नगरपालिका उपप्रमुख तथा अनुगमन समितीका संयोजक इन्द्रिरा चौधरी, बाँसगढी नगरपालिका वाड नं ६ का वडाअध्यक्ष लाल बहादुर क्षेत्री, वाड नं ८ का वडाअध्यक्ष तुलप्रसाद गौतम, वाड नं९ का वडाअध्यक्ष चन्द्र बहादुर शाही, योजना शाखा प्रमुख खड्क बहादुर वली, सव इन्जिनियर जनक प्रसाद न्यौपाने, राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाका अध्यक्ष दिनेश प्रसाद क्षेष्ठ, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *