बर्दियाको बाँसगढीमा मोटरसाईकल दुर्घटना हुदा २ जनाकोे मृत्यु भएको छ भने एक जना गम्भिर घाईत भएका छन । पुर्वपश्चिम मार्ग अन्तर्गत बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणा नजिकै शुक्रबार बेलुका भे ५ प ५५५५ नंको मोटरसाईकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको र १ जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार बाँसगढी ९ का ३८ बर्षिया शेर बहादुर खड्का र उहाँकी श्रीमती ३३ बर्षिया पवित्रा खड्का रहेको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । घाईते ३० बर्षिया खिम बहादुर थापाको अवस्था गम्भिर रहेको छ । थापाको नर्सिङ्ग होम नेपालगञ्जमा आईसियुमा राखि उपचार भईरहेको प्रहरीले जनाएको छ ।