खोजि गर्नुहोस..

बाँँसगढी उद्योग वाणिज्य सँघको निर्वाचनमा बराल र वलीको प्यानल भिड्दै

रावन विश्वकर्मा
बाँसगढी उद्योग वाणिज्य सँघको चैत्र ४ गते तेस्रो अधिवेशन हुदै छ । अधिवेशनबाट सँघको नयाँ कार्यसमिति चयन गरिने छ । सँघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बाँसगढीका व्यवसायीहरुमा चुनाबी सरगमी बढ्न थालेको छ । निर्वाचनलाई लिएर चिया पसल, चोक, बजार तथा सामाजिक सञ्जालहरुमा चर्चा परिचर्चा बाक्लिन थालेको छ । व्यापारीहरु विच छलफल तथा भेटघाट उतिकै बढेको छ । मतदाताहरुलाई रिजाउन उम्मेदवारहरुले आआफ्नो तर्फबाट सक्रियता देखाउन थालेका छन् । व्यापारीहरुले पनि उद्योग वाणिज्य सँघको निर्वाचनलाई चासोको रुपमा लिएका छन् ।

उद्योग वाणिज्य सँघको नेतृत्वका लागि २ वटा प्यानल विच प्रतिस्पर्धा हुने पक्का भएको छ । नेकपा एमाले नेतृत्वको नर वहादुर वली र नेपाली काँग्रेस नेतृत्वको बद्रीनाथ बरालको प्यानल चुनावी प्रतिस्पर्धामा भिड्ने पक्का छ । सँघको निर्वाचनका लागि एमाले नेतृत्वमा नेकपा माओवादी केन्द्र सहितको लोकतान्त्रीक समावेशी प्यानलका उम्मेदवारहरुको नामावली समेत घोषणा गरिएको छ । प्यानलको अध्यक्षमा नर वहादुर वली, बरिष्ठ उपाध्यक्षमा शिव देवकोटा, उद्योग उपाध्यक्षमा बिष्णु प्रसाद ढकाल, वाणिज्य उपाध्यक्षमा गोविन्द बहादुर हमाल, महिला उपाध्यक्षमा विजया कुमारी शर्मा, पर्यटन उपाध्यक्षमा बबई चेपाङ्गबाट माओवादीका उम्मेदवार बनाउने सहमति भएको छ ।

त्यस्तै महासचिवमा विकास गौतम, सचिवमा प्रेम नारायण पौडेल, कोषाध्यक्षमा शेर बहादुर सुनार, सहकोषाध्यक्षमा गायत्री पौडेल रहेका छन् । सदस्यहरुमा गणेश बहादुर केसी, राजु चौधरी, गौरी लम्साल, विनोद अधिकारी, जिवन राजी, निर्मला कुमारी शाही, सियाराम थारु, सुशिल बराल, जोहन पि अधिकारी, बाबुराम थारु र केशव बहादुर टमाटा रहेका छन । भने लेखा समिति संयोजकमा किशोर भट्टराई, सदस्यमा धुब्र काफ्ले र टेक बहादुर सुनार छन् ।

अर्को तर्फ नेपाली काँग्रेसको नेतृत्वमा बद्रीनाथ बरालको प्यानल घोषणा गर्ने तयारीमा रहेको छ । बरालका अनुसार नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सहितको मजबुद प्यानल बन्ने छ । उहाँले आफ्नो नेतृत्वमा बाँसगढीका सबै व्यापारीहरुको प्रतिनिधित्व समेटने गरी समावेशी प्यानल घोषणाको अन्तिम तयारीमा लागेको बताउनु भयो । बराल नेतृत्वको प्यानलमा स्वतन्त्रबाट बाँसगढीका प्रतिष्ठीत युवा व्यापारी सुनिल अधिकारी सहकोषाध्यक्षमा उठ्ने पक्का भएको छ ।

उद्योग वाणिज्य सँघको अध्यक्ष पदका प्रतिस्पर्धी वली अथिति होटेलका सञ्चालक हुन भने बराल अन्नपुर्ण सप्लाएर्सका सञ्चालक सँगै बाँसगढी उद्योग वाणिज्य सँघका बरिष्ठ उपाध्यक्ष समेत हुन । बाँसगढी उद्योग वाणिज्य सँघको अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा नर बहादुर वली बद्रीनाथ बराल सँग पराजित भएका थिए । अघिल्लो निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा सँगै भिडेका बराल र वली आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि भिड्दै छन् । बाँसगढी उद्योग वाणिज्य सँघमा १ हजार ३ सय १० जना सदस्य आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *