पौष १७ अनलाइन बाँसगढी
बाँसगढी नगरपालिकामा रहेको पिपलबोट बचत तथाल ऋण सहकारी संस्था लि बाँसगढीको अध्यक्षतामा रामचन्द्र अधिकारी निर्वाचित हुनु भएको छ । संस्थाको आज भएको १३ औ बार्षिक साधारण सभावाट नव निर्वाचित संस्थाको अध्यक्षमा राम चन्द्र अधिकारी हुनु भएको हो ।
संस्थाले गरेको १३ औ साधारण सभा पश्चात नयाँ कार्य समिति चयन गरिएको थियो । नयाँ कार्य समितिमा उपअध्यक्षमा नारायण प्रसाद पौडेल, सचिवमा धन बहादुर बुढा, कोषाध्यक्षमा बद्रीनाथ बराल निर्वाचित हुनु भएको छ ।
संस्थाका सदस्यहरुमा बिजया कुमारी शर्मा, सरस्वती निमिल्सिना, देबि माया बस्याल, भोजराज शर्मा, बिष्णु प्रसाद ढकाल, रामफल चौधरी र तिलनाथ शर्मा लामिछाने लगायत ११ जनाको कार्य समिति गठन भएको छ । त्यसैगरी लेखा संयोजकमा सन्तोष कुमार रेग्मी,सदस्य युगपति पौडेल र भवदिन पोख्रेल रहनु भएको छ ।