खोजि गर्नुहोस..

नेबिसंघ बर्दियाले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

विन्दु चौधरी
नेपाल विद्यार्थी संघ बर्दियाले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियालाई ज्ञापन पत्र बुझाएको छ । नेबिसंघ बर्दियाले सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारी समस्यालाई दिगो समाधान तथा सहकारी ठगीहरुलाई छानबिनको दायरामा ल्याई कानूनी कारवाही गर्न माग सहित बर्दियाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई ज्ञापन पत्र बुझाएको नेबिसंघ जिल्ला समिती बर्दियाका उपसभापति राजथारुले जानकारी दिनुभएको छ । नेबिसंघले विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एव संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागू गर्न ध्यानाकर्षण गरिएको जनाएको छ । त्यसैगरि उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन माग गरिएको छ । विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न मागसहित नेबिसंघ जिल्ला समिती बर्दियाका सभापति असिम विक्रम शाहको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो । नेबिसंघ नेपालको शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक, विकृति विसंगतिलाई न्यूनीकरण गर्नको लागि स्थापना कालदेखि नै सक्रिय भूमिका निभाउदै आइरहेको र अझै निरन्तर लागिरहने नेबिसंघ बर्दियाका उपसभापति राज थारुले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *