यूवा संजालको आयोजनामा बाँसगढी नगरपालिका ६ सतहरियामा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्लान नेपाल र बाँके यूनेस्कोद्धारा संचालित गल्स गेट इक्वल बाल विवाह, चाडै विवाह र जवरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तरगत समुदायका किशोर किशोरी, अभिभावकहरुसँग बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बालविवाहका कारणहरु, असरहरु, बालविवाह रोकथाम गर्ने उपायहरु, बालविवाह सम्बन्धी कानुनी व्यवस्था, बालविवाह न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका लगायतका विषयमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा सतहरिया गाउँका किशोरकिशोरी तथा विद्यार्थीहरु, अभिभावक, बुद्धिजिवी लगायत ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बालविवाह सम्बन्धमा कार्यक्रम फोकल पर्सल राजसिंह थारुले सहजीकरण गर्नुभएको थियो । बाल बिवाहले हुने समस्या, यसको कानुनी व्यवस्था, यसलाई न्युनिकरणमा समुदायको भुमिका सम्बन्धमा प्रस्तुती गरिएको थियो । सहभागीहरुले पनि आफ्नो सुझाब कार्यक्रममा राखेका थिए । कार्यक्रमको संचालन यूवा संजाल बाँसगढीका सदस्य पुजा थापामगरले गर्नुभएको थियो । यूवा संजाल बाँसगढीले विभिन्न संघसस्था, प्रहरीसंग समन्वय गरेर बालविबाह विरुद्ध, लागुऔषध दुश्यर्सनीका विषयमा सचेतात्मक कार्यक्रम गर्दै आईरहको छ । यस भन्दा पहिलो माछागढ, भैसासुर, शंखरियामा समेत बालविवाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको कार्यक्रम फोकल पर्सल राजसिंह थारुले जानकारी दिनुभएको छ ।