विन्दु चौधरी
हाम्रो एकिकृत कृषि सहकारी संस्था बाँसगढीले १५० जना किसानलाई समेटेर च्याउ खेति कार्यक्रम संचालन गर्दै आएको छ । संस्थाको तेस्रो बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष गोविन्द प्रसाद उपाध्यायले सस्थामा आवद्ध साना तथा ठुला च्याउ उत्पादक किसानहरुलाई ब्यवासायिक च्याउ खेति गर्न उत्साहित गर्दै बाँसगढी क्षेत्रलाई च्याउ उत्पादन हव बनाउने योजनामा संस्था अगाडी बढिरहेको बताउनुभयो । च्याउ उत्पादन हव बनाउने योजनालाई सफल पार्न ९ जनाको कार्यदल उपसमिती समेत गठन गरि च्याउको दररेद एउटै मुल्य निर्धारण कायम समेत गरेको छ ।
त्यस्तै सहकारीले २ विगाहा जग्गा लिजमा लिई ७५ कुण्टल विउ आलु उत्पादन गर्न सफल भएको छ । २०७७ सालमा स्थापना भएको सहकारीले आलुको विउ उत्पादनसंगै गाईभैसीले खाने दाना साईलेज १५ कुण्टल र ५० कुण्टल धान उत्पादन गरेको छ । एकिकृत कृषि सहकारी संस्थाले शेयर पुँजी २७ लाख ६६ हजार ५ सय ५० रुपैया रहेको छ । त्यस्तै कर्जा लगानी आर्थिक वर्ष २०७९।८० मा एक करोड १३ लाख ८४ हजार ६ सय २२ रुपैया रहेकोमा यस वर्ष एक करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । त्यसैगरी निक्षेप संकलनमा गत वर्ष एक करोड १६ लाख ५४ हजार रहेकोमा यस वर्षको अन्त्यसम्म एक करोड ८० लाख रुपैया पुर्याउने लक्ष्य लिएको संस्थाका कोषाअध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।
सहकारीका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्का, वाड नं ५ का वडाअध्यक्ष दहवा थारु, कार्यपालिका सदस्य मनिता चौधरी, विभिन्न सहकारी सस्थाका अध्यक्ष तथा प्रतिनिधि, शेयरसदस्य लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सहकारीका सचिव कृष्णराज अधिकारीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष इन्द्रजित बुढाक्षेत्रीले गर्नुभएको थियो ।