खोजि गर्नुहोस..

सतहरिया युवा क्लवद्धारा आफ्नै टोलमा फोहार फाल्ने रिङ सहयोग

विन्दु चौधरी
तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट सतहरिया युवा क्लवले आफ्नै टोलमा फोहार मलाई राखेका छन् । तिहारमा विभिन्न संघ–संस्था, क्लव र युवा समूहले देउसी–भैलो खेल्ने र उठेको रकम फजुल खर्च गर्ने परिपाटी बढेका बेला सतहरियाका युवाहरुले भने युवाहरुलाई जागरुक बनाउँन र सामाजिक कार्यमा भावना जगाउँन सतहरिया टोलमा १० हजार बरावरको फोहोर फाल्ने रिङ सहयोग गरेको क्लवका अध्यक्ष अमर धम्लहवाले जानकारी दिनुभयो । क्लव स्थापना भएको केहि महिनामै आफ्नो मौलिकता, संस्कृति, परम्परा, रीतिरिवाजलाई जगेर्ना गर्दै सामाजिक क्षेत्रमा समेत उढारणिय कार्य गरेको भन्दै सतहरिया गाउँका बरघर चन्नुराम थारुले क्लवको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्न स्थानीय युवाहरुलाई अनुरोध समेत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *