खोजि गर्नुहोस..

तेश्रो लक्ष्मणपुर खुला फुटबल प्रतियोगिता जारी, आईतबार ३ खेल हुने

अनोज थारु
तेश्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिताको दोश्रो दिन ३ खेल भएका छन । शनिबार भएको पहिलो खेलमा मटेरिया बिजय भएको छ । दुबै टिमले बराबरी १।१ गोल गरे पछि ट्राई ब्रेकरमा ३ का विरुद्ध ५ गोल अन्तरले भगरालाई हराउदै मटेरियाले जीत हात पारेको छ । त्यस्तै उत्तरभकारी र बाँके चौधरीया गाँउ विच भएको खेलमा १ का विरुद्ध ३ गोल अन्तरले उत्तरभकारीले जित निकालेको छ । शनिबार बाँसगढी ११ नंम्बर र पुलिस युथ क्लव बाँके बिच अन्तिम खेल भएको थियो ।

बाँसगढी ११ र बाँके युथ क्लव विच भएको खेलमा ० का विरुद्ध ३ गोल अन्तरले बाँसगढी पराजित भएको छ । त्यस्तै आईतबार २८ गते पनि ३ खेल हुने क्लवका अध्यक्ष चित्र बहादुर खत्रीले बताउनु भयो । आईतबार विहान ११ बजे देखी बाँसगढी अटो ग्यारेज र बढैया गाँउ विच खेल हुने छ । त्यस्तै दिउसो १ बजे देखी सटहरिया र शंखरिया विच खेल हुने छ भने दिउसो ३ बजे देखी अमोहिया र बेतहनी विच प्रतिस्पर्धा हुने आयोजक क्लवले जनाएको छ । कला संस्कृति पर्यटन तथा खेलकुदको पहिचान, बिकास र समृद्धिमा बेलटारी युवाहरुको अभियान भन्ने मुल नाराका साथ बिजया दशमी, शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा फुटबल खेलको आयोजना गरीएको हो ।

फुटबलको मुख्य प्रायोजक बर्दिया डिष्टिलरी प्रा.ली बढैयाताल ४ बर्दियाका सञ्चालक नर बहादुर वलीले गर्नु भएको छ भने सहप्रायोजकको रुपमा एन्जिला किराना पसल लक्ष्मणपुरका सन्चालक सुरज थारु र बेलटारी सामुदायिक बन उपभोक्त समुह बाँसगढी ४ र ५ लक्ष्मणपुर रहेको छ । फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ५१ हजार र दोश्रो हुने टिमलाई नगद रु २६ हजार पुरुस्कारको ब्यवस्था गरीएको छ । कार्तिक २६ गते देखी सुरु भएको प्रतियोगिता कार्तिक ४ गते सम्म संन्चालन हुने आयोजकले जनाएको छ .

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *