खोजि गर्नुहोस..

पराम्परागत संस्कृति र भेषभुषा जोगाउन नेरा मावि लक्ष्मणपुरको अभियान

परम्परागत संस्कृति र भेषभुषा जर्गेनाका लागि नेरा मावि लक्ष्मणपुरले सक्रियता देखाएको छ । बर्दियाको बाँसगढी नगरपालिका ४ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लक्ष्मणपुरले पुरानो संस्कृति र भेषभुषालाई बचाउन शिक्षक र विद्यार्थीलाई नियमित महिनाको एक दिन आ–आफनो पराम्परागत सांस्कृतिक पोषाकमा विद्यालयमा आउने नियम बनाएको छ ।

विद्यार्थी र शिक्षक आ–आफनो पराम्परागत सांस्कृतिक पोषाकमा आउने नियम लागु गरेर पुरानो संस्कृति र भेषभुषा बचाउने अभियान थालिएको नेरा मावि लक्ष्मणपुरका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले बताउनु भयो । परम्परागत संस्कृतिक पुस्तान्तरण तथा विद्यालय स्तरबाटै संस्कृति संरक्षण र विद्यार्थीहरुमा थप ज्ञान बृद्धि गर्न अभियानले टेवा पुर्याउने प्रअ तिवारीको भनाई छ । शुक्रबार विजया दशमी, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान तथा कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु आ–आफनो परम्परागत पहिरण र पोषाक लगाएर विद्यालयमा सहभागि भएका थिए ।

मौलिक पहिरण सहित विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको विद्यालयमा उपस्थितिले विद्यालयमा मौलिकता झल्किएको थियो । विदार्थीहरु मौलिक पोषकमा चिटिक्क परेका शिक्षक विद्यार्थीहरु दंगै थिए । शिक्षक तथा विद्यार्थीहरु आ–आफ्नो मौलिक जातिय पहिरण सहित विद्यालयमा आउदा सामाजिक विविधता, विभिन्न जातजातिको भेषभुषा, रहनसहन र कला संस्कतिको बारेमा थप ज्ञान हुने र सामाजिक सदभाव कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अन्य दिन विद्यालयमा मोवाईल ल्याउन प्रतिबन्द गरिएको छ तर मौलिक पोषकमा आउने दिन भने मोबाईल ल्याउन र फोटो खिच्न समेत अनुमति दिईने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपाल खडकाले जनाउनु भयो । मौलिकता झल्काउने विविध पहिरणमा विद्यार्थीहरुले फोटो खिच्दा उनीहरुमा आ–आफ्नो संस्कृति र भेषभुषा प्रति चासो बढ्ने खड्काले बताउनु भयो । महिनाको अन्तिम दिन आफ्नो जातिय मौलिक पहिरण सहित अनिवार्य शिक्षक विद्यार्थीहरुलाई विद्यालय आउने अभियान सुरु गरिए सँगै नेरा मावि लक्ष्मणपुर बाँसगढी कै पहिलो र नमुना विद्यालयको रुपमा परिचित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *