खोजि गर्नुहोस..

तेस्रो लक्ष्मणपुर खुल्ला फुलबल प्रतियोगिताको उद्घाटन


अनोज थारु ।
बर्दियाको बाँसगढीमा तेस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । कला संस्कृति पर्यटन तथा खेलकुदको पहिचान, बिकास र समृद्धिमा बेलटारी युवाहरुको अभियान भन्ने मुल नाराका साथ बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाँसगढी ४ र ५ मा पर्ने लक्ष्मणपु गाँउमा फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको शुक्रबार बिशेष कार्यक्रमका विच भव्य उद्घाटन गरिएको छ । बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्का, निवर्तमान नगर प्रमुख सालिकराम अधिकारी, निवर्तमान उपप्रमुख सुष्मा चौधरी लगाययत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ ।

बेलटारी युवा क्लव लक्ष्मणपुरका अध्यक्ष चित्र बहादुर खत्रीको अध्यक्षतामा भएको उद्घाटन खेलमा बाँसगढी ४ नं वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोला, जिल्ला खेलकुद बिकास समिति बर्दियाका कार्यालय प्रमुख भुपेन्द्र पुन मगर, नेरा मा.बि.लक्ष्मणपुका विद्यालय व्यवस्थापन समिति अध्यक्षभुपाल खड्का, प्रधानाध्यापक.अर्जुन प्रसाद तिवारी लगायत बिज्ञापन दाता, खेलाडी, खेल प्रेमी र लक्ष्मणपुर गाँउबासीको उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा बर्दिया डिष्ट्रिलरी प्रा.ली बढैयातालका सञ्चालक नर बहादुर वलीले गर्नुभएको छ ।

त्यस्तै सह प्रायोजकको रुपमा एन्जिला किराना पसल लक्ष्मणपुरका सञ्चालक सुरज थारु र वेलटारी सामुदायिक वन उपभोक्ता समुह बाँसगढी ४ र ५ले गरेको आयोजक क्लवले जनाएको छ । प्रतियोगितामा विजेता हुने टिमलाई ५१ हजार र उपविजेता टिमलाई २६ हजार पुरुस्कारको व्यवस्था गरिएको छ । असोज २६ गते शुक्रबार देखी सुरु भएको प्रतियोगिता कार्तिक ४ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

खेलकुदको माध्यमबाट लक्ष्मणपुर गाँउको पहिचान गराउने, लक्ष्मणपुर हरित पिक्नीक स्पोट, लक्ष्मणपुर सामुदायिक होमस्टे, चटिया ताल लगायत पर्यटकिय स्थलहरु सँगै स्थानिय कला संस्कृतिको प्रचार प्रसार र प्रर्वद्धन गर्नमा सहयोग पुग्ने उपेक्षा गरिएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक बेलटारी युवा क्लव लक्ष्मणपुर बि टिम र बठुवाताल बिच खेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *