खोजि गर्नुहोस..

सिलसिला सामाजिक उद्यमी महिला सहकारीको ८ औँ साधारण सभा सम्पन्न


अनोज थारु

बाँसगढी ७ डेउढाकलामा रहेको सिलसिला सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को ८ औँ बार्षिक साधारण साभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका ब्यवस्थापक तुल्सि कंडेलले आर्थिक बर्ष २०७९।०८० मा संस्थाले १ करोड २४ लाख ७८ हजार ९ सय ६२ रुपैया २७ पैसा बराबरको कारोबार गरेको प्रतिवेदन प्रस्तुत गर्नु भयो । संस्थाले बार्षिक ऋण लगानी लक्ष्य १ करोड ८५ लाख ७५ हजार ९ सय १० रुपैँया, बार्षिक ऋण असुली लक्ष्य १ करोड ७० लाख २० हजार ५ सय ४६ रुपैँया, बार्षिक ब्याज असुली १७ लाख, ३० हजार ८ सय ४१ रुपैँया, शेयर पुँजी २७ लाख ४७ हजार ५ सय रुपैँया उठाउने लक्ष्य लिएकोमा ३ लाख ८८ हजार ६३७ रुपैयाँ नाफा गर्न सफल भएको ब्यवस्थापक कंडेलले बताउनु भयो ।

संस्थाको ऋण लगानी, ब्याज, खसी बाख्रा करिद गरी बजारीकारण, मल बिक्री, दाना बिक्रि, संस्थाको गाडी लगायत आम्दानीको श्रोतको रुपमा रहेको संस्थाले जनाएको छ । संस्थाले आर्थिक बर्ष २०८०।०८१ को लागि १ करोड ९९ लाख ७८ हजार ९ सय ६२ रुपैँयाको कारोबार गर्ने लक्ष्य राखेको ब्यवस्थापक कंडेलले प्रतिबेदनमा प्रस्तुत गर्नु भएको छ । २०७६ सालमा १ सय ३ वटा शेयर सदस्यबाट सुरुभएको संस्थामा हाल ८ सय ७३ जना शेयर सदस्य रहेका छन् । शेयर सदस्यहरुलाई कृषि र पशुजन्य बस्तुको उत्पादनमा बृद्धि गरी दिगो बजारिकारणको स्थापना गर्ने र उनीहरुको आर्थिक बृद्धि गरी गुणस्तरीय जीवनयापनका लागि सहयोग पु¥याउने लक्ष्य रहेको संस्थाका कार्यबाहक अध्यक्ष बिष्णु काफ्लेले बताउनु भयो ।

संस्थाले सोही अनुसार शेयर सदस्य महिलाहरुलाई कुखुरा, बाख्रा र बंगुरको पाठपाठी बितरण गर्दै बिभिन्न खाले सिप तथा आयमुलक तालिम दिने गरेको र यो बर्ष हेफर प्रोजेक्ट नेपाल, थारु महिला उत्थान केन्द्रको ५० प्रतिशत अनुदान र सदस्यको ५० प्रतिशतमा ३ वटा पावर टेलर र ५ वटा रिफर बितरण गरेको कार्यबाहक अध्यक्ष बिष्णु काफ्लेले प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै लेखा समितिको प्रतिबेदन संस्थाका सचिव कृष्ण पाण्डेले प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा लुम्बिनी प्रदेश महिला सहकारी संस्थाका् अध्यक्ष पदमा निर्वाचित हुनु भएका इन्दिरा भुसाल, असल बचत कर्ता बबिता रिजाल, उत्कृष्ठ ऋणि फुलकुमारी थारु, सबैभन्दा धेरै बचत गर्ने बिक्नी थारु, बाल बचत कर्ता रजनी थारु र माया चापागाईलाई सम्मान सहित नमुना सहकारी समुहलाई पाठी उपहार प्रदान गरीएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश संसद भुवानेश्वर चौधरी रहनु भएको थियो भने बिशिष्ट अतिथि बाँसगढी नगरपालिका प्रमुख खडक बहादुर खड्का र उपप्रमुख इन्द्रिरा चौधरी रहनु भएको छ । त्यस्तै बाँसगढी नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष्र, बाँसगढी कृषिशाखा प्रमुख, डेउढकला पशु शाखा प्रतिनिधि, सहकारी संस्थाका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *