खोजि गर्नुहोस..

बाँसगढीमा १२४ पिन्ट रगत संकलन

बाँसगढी (बर्दिया), भदौ ६ —
बर्दियाको बाँसगढीमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयद्वारा राजयोगिनी दादीको १८औँ पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा गत शुक्रवार रक्तदान महादान शिविर सम्पन्न भएको छ। सन्चालित रक्तदान शिविरमा १२४पिन्ट रगत समेत संकलन भएको नेपाल रेडक्रस सोसाइटी शाखा कायालय बर्दियाले जनाएको छ ।

शिविरको सभाध्यक्ष ब्रह्माकुमारी विश्व विद्यालयकी कुमारी पुष्पा तिवारी रहनु भएको थियो भने प्रमुख अतिथि बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्का रहनु भएको थियो । रगत संकलन कार्यक्रममा नगरका विभिन्न संघ–संस्था, रेडक्रस बाँसगढी शाखा, स्वयंसेवी रक्तदाता समूह र नगर सञ्जाल बाँसगढीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

शिविर उद्घाटन कार्यक्रममा उद्घाटन गर्दै नगरप्रमुख खड्काले रक्तदानलाई जीवनदायी कार्यको रूपमा व्याख्या गर्दै भने, “हाम्रो सानो सहयोगले रगतको अभावमा कसैको ज्यान नजाओस्। यस्ता पुण्य कार्यमा सबैलाई सहभागी हुन आग्रह गर्नु भएको थियो।

आयोजकका अनुसार शिविर बिहानदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको थियो भने प्राविधिक सहयोग रेडक्रस गुलरिया शाखाले प्रदान गरेको थियो।शिविर ब्रह्माकुमारी विश्व विद्यालयको बाँसगढी शाखा कार्यालयमा सञ्चालन भएको हो

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *