खोजि गर्नुहोस..

१६ औँ पुस्तकालय दिवसको अवसरमा हाजिरी जवाफ र वक्तृत्वकला प्रतियागिता

विन्दु चौधरी ।

बर्दियाको बाँसगढीमा नगर स्तरिय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता भएको छ । १६ औँ पुस्तकालय दिवसको अवसरमा शुक्रबार बाँसगढी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा प्रतियोगिता भएको हो । हाजिरी जवाफ प्रतियोगितामा बाँसगढी एकेडेमिक पब्लीक स्कुलले प्रथम स्थान हात पारेको । त्यस्तै बालज्योती एकेडेमी स्कुल ककौराले द्धितिय, नेपाल राष्ट्रिय मावि बाँसगढीले तृतिय स्थान र जनता मावि बठुवाले सान्त्वना स्थान ल्याउन सफल भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय तृतिय र सान्त्वना हुने सहभागिहरुलाई क्रमशः नगद दुई हजार, एक हजार पाँच सय, एक हजार र सात सय सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा बाँसगढी नगर भित्रका १३ वटा मावि तहका विद्यालयका प्रत्येक विद्यालयका एक जना छात्रा र एक जना छात्र गरी २६ जना विद्यार्थी सहभागि भएका थिए । पुस्तकालयका अध्यक्ष गोविन्द्र प्रसाद शर्मा रेग्मीको अध्यक्षतामा भएको प्रतियोगितामा बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्का, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मन प्रसाद रेग्मी, लगाएत शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नेरामाविका शिक्षक फणिन्द्र प्रसाद ढुङगानाले गर्नुभएको थियो ।


त्यस्तै १६ औँ पुस्तकालय दिवसको अवसरमा त्रिभुवन सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ककौराले आयोजना गरेको पुस्तौ पुस्ताको लागि पुस्तकालय विषयक बक्तृत्वकला प्रतियोगितामा नेरामावि बाँसगढीका सन्तोष वली प्रथम भएका छन । भने बालज्योती एकेडेमी स्कुल ककौराका सिद्धार्थ पंगेनी द्धितिय, त्रिभुवन मावि ककौराका संगम थापा तृतिय र जनप्रिय मावि दमौलीका सविना कुंवर सान्त्वना भएका छन । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वा हुने सहभागिहरुलाई नगद एक हजार पाँच सय, एक हजार, आठ सय र पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा बाँसगढी नगर भित्रका १२ वटा विद्यालयको सहभागि रहेको थियो । पुस्तकालयका कार्यबहाक अध्यक्ष शारदा कुमारी आचार्यको अध्यक्षतामा भएको प्रतियोगितामा बाँसगढी नगरपालिका वाड नं ८ वडा अध्यक्ष तुलप्रसाद गौतम शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो । बक्तृत्वकला प्रतियोगिताको संचालन पुस्तकालयका कोषाध्यक्ष यज्ञ बहादुर वलीले गर्नुभएको लाईब्रेरियन मिना पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *