खोजि गर्नुहोस..

१३ औँ अन्तराष्ट्रिय वेपत्ता दिवस बाँसगढीमा अन्तक्रिया

हुम कुमार चौधरी /

बलपुर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा १३ औँ अन्तराष्ट्रिय दिवस बाँसगढीमा अन्तक्रिया गरि मनाईएको छ । बेपत्ता किन सार्वजनिक भएनन् ? कानुनी र राजनैतिक प्रश्न विषयक अन्र्तक्रिया र दिप प्रज्वलन गरि दिवस मनाईको हो । अन्तरक्रिया कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै द्धन्द्ध पिडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीले सशस्त्र द्वन्द्वका बेला जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिको परिवारका सदस्य संक्रमणकालीन न्याय नपाउदा थप पीडाको अनुभव गरेको बताउनु भयो । बेपत्ता पारिवारहरुको अहिले जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा सत्यतथ्य सार्वजनिक गरि उचित व्यावस्थापन गर्नु पर्नेमा चौधरीले जोड दिनुभयो ।

त्यस्तै बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले सरकारले वेपत्ता पारिएका व्यक्तिहरुको सत्यतथ्य सार्वजनिक गर्न नसकेको बताउनु भयो । उहाँ बेपत्ता पारिएकाहरुको अवस्था पत्ता लगाउन स्थानिय सरकारले राज्यपक्ष सग समन्वय गरिरहेको बताउनु भयो । स्थानिय सरकार बेपत्ता परिवारको साथमा रहेको बताउदै पिडित परिवारको लागि बाँसगढी नगरपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनु भयो । त्यस्तै बाँसगढी नगरपालिकाका उपप्रमुख ईन्दीरा चौधरीले पनि द्धन्द्धपिडीत परिवारको न्यायका लागि नगरले पहल गर्नुको साथै पिडीतहरुको पिडामा मलपट्टि लगाउने काममा अग्रसर रहेको बताउनु भयोे । बाँसगढी नगरपालिकाका सबै वडा अध्यक्षहरुले समेत बेपत्ता परिवार तथा द्धन्द्ध पिडितहरुलाई वडा बाट दिने सेवा सुविधामा कुनै कमी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

अन्तक्र्रिया कार्यक्रममा बाँसगढी नगरका सवै राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक गर्नु पनेर्मा जोड दिएका थिए । जसका लागि आफ्नो पार्टीको तर्फबाट हुने साथ सहयोग र पहलमा कुनै कमी नराख्ने आश्वासन समेत दिएका छन् । बाँसगढी नगरपालिकाको आयोजना र द्धन्द्धपिडित समिति बर्दियाको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रमको स्वागत बाँसगढी नगरपालिका वडा न ८ का वडा अध्यक्ष एवम समाजिक विकास समिति संयोगक तुल प्रसाद गौतमले गर्नु भएको थियो । कार्यक्रममा बाँसगढी नगरपालिकाका बेपत्ता तथा द्धन्द्ध पिडित परिवारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बर्दिया जिल्लाका जनयुद्धमा शहिद, ज्यान गएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा किताब पनि द्धन्द्ध पिडित तथा बेपत्ता परिवारका सदस्यहरुलाई वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङ्क अनुसार द्वन्द्वका कारण बर्दियामा २ सय २४ जना बेपत्ता भएका छन् भने ३ सय ७१ जनाको मृत्यु भएको थियो । सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको १७ बर्ष पुगि सक्दा पनि शान्ति प्रक्रियाको कामले पुर्णता पाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *