खोजि गर्नुहोस..

खुल्ला प्रथम युवा मैत्रीपुर्ण फुटबल प्रतियोगितामा आयोजक एफसी विजयी

बिन्दु चौधरी,

बर्दियाको सटहरियामा सञ्चालन भएको खुल्ला प्रथम युवा मैत्रीपुर्ण फुटबल प्रतियोगितामा आयोजक टिम विजय भएको छ । सतहरिया एफसी युवा क्लवको आयोजनामा सोमबार सम्पन्न भएको फुटबल प्रतियोगितामा सिउनीया फुटबल क्लवलाई हराउदै आयोजक सतहरिया एफसी युवा क्लब विजय भएको हो । आयोजक र सिउनीया विच भएको फाईनल खेलमा बराबरी २।२ गोल गरेपछि पेलान्टी सुटआउटमा १ का विरुद्ध ३ गोल अन्तरले आयोजक सतहरिया एफसी युवा क्लवले उपाधि हात पार्दै बिजेता बनेको हो ।

बिजेता बनेको आयोजकलाई २१ हजार नगद, ट्रफि, शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको छ भने उपविजेता बनेको सिउनीया फुटबल क्लवलाई ११ हजार नगद ट्रफि, शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै विजयी टिमका विशाल थारुलाई उत्कृष्ट गोल किपर र सिउनियाका गणेश बुढालाई सबोत्कृष्ट खेलाडी घोषित गरि प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई बाँसगढी ६ का वडा अध्यक्ष लाल बहादुर क्षेत्रीले पुरस्कार प्रदान वितरण गर्नुभएको थियो ।

सहरिया एफसी युवा क्लवको आयोजना, बाँसगढी नगरपालिका ६ नं वडा कार्यालयको समन्वय, न्यू इन्द्रजित साईकल स्टोर बाँसगढीको मुख्य प्रायोजन र रामप्रसाद निर्माण सेवा तथा चौधरी ढुवानी सेवा सतहरियाको सहप्रयोजनमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिता भदौ १ गते देखी ११ गते सम्म सञ्चालन भएको थियो । । प्रतियोगिताको समापन कार्यक्रममा मुख्य प्रायोजक इन्द्रजित बुढाक्षेत्री र सहप्रयोजक रामप्रसाद थारु, अन्य सहयोगी दाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको आयोजक क्लवका टिमकोच विशाल चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *