खोजि गर्नुहोस..

भ्रष्टाचार विरुद्ध बाँसगढीमा प्रर्दशन(फोटो फिचर)

रावन विश्वकर्मा,

भ्रष्टाचार विरुद्ध बर्दियाको बाँसगढीमा पनि प्रर्दशन गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग बाँसगढीमा पनि प्रर्दशन गरिएको हो । बाँसगढीको किसान चोकमा स्वस्फुत रुपमा सहभागि भएका विभिन्न राजनितिक दलका स्थानिय नेता, कार्यकर्ता, व्यवसायी, सचेत युवाहरुले विभिन्न प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका थिए ।

प्रदर्शनमा सहभागीले सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने, अब भ्रष्टाचार सहन्नौ भ्रष्ट नेता चाहान्नौ, सचिव मन्त्रि सोचेको तस्कर र विचौलिया पो परेछ, भ्रष्टचारीको जालो अति नै गर्न थाल्यो, धन्यवाद नेपाल प्रहरी तपाईहरुबाट हामीलाई सधै यस्तै अपेक्षा छ, भन्ने छौ हामी बाराम्वार भ्रष्टचारीलाई कारागार, भ्रष्टचार विरुद्धको यो अभियानमा हाम्रो साथ समर्थन र खबरदारी जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पूर्जि जारी भएसँगै फरार छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरी हिरासतमा छन् । हालसम्म नक्कली शरणार्थी प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *