खोजि गर्नुहोस..

बाँसगढी बहुमुखी क्याम्पस सञ्चालक समिति सर्वसम्मत निर्वाचित

अनोज थारु ।
बाँसगढी बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा भवन कुमार थारु सर्वसम्मत निर्वाचित हुनु भएको छ । क्याम्पस निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार थारुका विरुद्ध उम्मेदवारी नपरे पछि उहाँ सर्वसम्मत निर्वाचित हुनु भएको हो । अध्यक्ष पदका लागि सविन कुमार थापा, भवन कुमार थारु र विपिन पौडेललेको उम्मेदवारी परेको थियो । तर सर्वसम्मतीका लागि थापा र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिए सँगै थारुको मात्रै उम्मेदवारी कायम भएको थियो ।

शैक्षिक संस्थामा राजनिति हावि हुदै गएको भन्दै चौतर्फी आलोचना बढ्न थाले पछि क्याम्पस सञ्चालक समिति सर्वसम्मत गरिएको हो । सहमतीमा अध्यक्ष सहित सबै पदमा सर्वसम्मत गरिएको उम्मेदवारहरुको नाम निर्वाचन कार्य तालिका अनुसार निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन समेत गरिसकेको छ । भवन कुमार थारु अध्यक्ष सहित ९ जना खुल्ला र ३ जना महिला सदस्यको नाम प्रकाशन गरिएको छ ।

अध्यक्ष पदमा भवन कुमार थारु, खुल्ला सदस्यमा लक्ष्मी प्रसाद शर्मा अधिकारी, भीम प्रसाद जैसी रिजाल, पुण्य प्रसाद बजगाई, लोक प्रसाद शर्मा, राजु प्रसाद शर्मा, कृष्ण चौलागाई, दान बहादुर बुढा, मनिराम आचार्य र बिकास सुबेदी छन । त्यस्तै, महिला सदस्य तिर राधा उपाध्याय अधिकारी, माया सापकोटा थापा, र सीता क्षेत्रीको नाम उल्लेख छ । क्याम्पस सञ्चालक समितिका सबै पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भए पनि आधिकारीक रुपमा भने घोषना नगरिएको निर्वाचन समिति संयोजक ईश्वरी प्रसाद रिजालले बताउनु भयो । रिजालका अनुसार सर्बसम्मत निर्वाचित संञ्चालक समितिका पदाधिकारीहरुलाई बैशाख १५ गते शुक्रबार सपथ ग्रहण गराउने कार्यक्रम समेत तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *