भदौं ६ गते
बर्दियाको बाँसगढीमा वडा स्तरिय जेष्ठ नागरिक समिति गठन गरिएको छ । बाँसगढीको ८ नं वडाको जेष्ठ नागरिकको भेलाले खिमराज घिमिरेको अध्यक्षतामा ११ सदसिय वडा स्तरिय जेष्ठ नागरिक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा घनश्याम पछलडङया, कोषाध्यक्षमा नरदादेबि अधिकारी, सचिवमा बोधराज गौतमलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा हरिलाल ढकाल, शेर बहादुर खड्का, कमला वली, मुक्तिराम शर्मा, पार्बती रिजाल, बालिका सापकोटा र नर बहादुर शाही रहेका छन ।
वडा स्तरिय जेष्ठ नागरिक समितीले वडामा रहेका जेष्ठ नागरिकहरुलाई एकताबद्ध गराउर्दै जेष्ठ नागरिकको हकहित र संरक्षणका लागि काम गर्ने समितिका उपाध्यक्ष घनश्याम पछलडङयाले जानकारी दिनुभयो । नेपालको संविधान २०७२ को धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनि उल्लेख गरिएको छ । नेपालमा ६० बर्ष माथिका नागरिकलाई जेष्ठ नागरिकको रुपमा परिभाषित गरिएको छ ।