खोजि गर्नुहोस..

बेलटारी युवा क्लव बाँसगढीको अध्यक्षमा खत्री


बर्दियाको बाँसगढीमा रहेको बेलटारी युवा क्लव लक्ष्मणपुरको अध्यक्षमा चित्र बहादुर खत्रीलाई चयन गरिएको छ । क्लवका अध्यक्ष भुपाल खड्काको अध्यक्षता, ४ नं वडा सदस्य रतिराम थारु र गाँउका अगुवा बुद्धिजिबी फग्गुवा थारुको उपस्थितमा शनिबार बसेको बैठकले चित्र बहादुर खत्रीको अध्यक्षतामा १३ सदसिय नयाँ कार्यसमिति चयन गरिएको हो । बैठकले उपाध्यक्षमा कुमाली थारु, कोषाध्यक्षमा सिताराम थारु, सचिवमा ज्योति डांगी, सहसचिवमा अनोज थारुलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हरिराम थारु, रोहित थारु, सुमित्रा थारु, राम मनोहर थारु, सुनिल थारु, रेश्मी वली, शान्ति थारु र बिशाल थारु रहेका छन । बैठकले सल्लाहाकार, लेखा तथा व्यवस्थापन, जिन्सी व्यवस्थापन समिति समेत गठन गरेको क्लवका सहसचिव अनोज थारुले बताए । क्लवको सल्लाहाकार समिति संयोजकमा निवर्तमान अध्यक्ष भुपाल विष्ट र सदस्यमा ४ नं वडा सदस्य रतिराम थारुलाई छनोट गरिएको छ । त्यस्तै लेखा तथा व्यवस्थापन समिति संयोवकमा फग्गुवा थारु र सदस्यमा राम कृष्ण थारु र पुष्पा डाँगीलाई राखिएको छ । भने जिन्सी व्यवस्थापन समितिको संयोजकमा होलीराम थारु र सदस्यमा शुरज कुमार थारुलाई राखिएको छ । बैठकमा क्लवका अध्यक्ष भुपाल खड्काले आफ्नो कार्यकालमा लक्ष्मणपुर गाँउ सरसफाई, उज्यालो गाँउ अभियान, खेलकुद क्षेत्रको विकास, सांस्कृतिक क्षेत्रको संरक्षण लगायतका कामहरु क्लव मार्फत गर्दै आएको बताए । क्लवको बैठकमा सहभागि अथितिहरुले क्लवले गरेको कामको प्रसंसा गर्दै थप अगाढी बढ्न हौसाएका थिए । बाँसगढी ४ र ५ वडामा गठित क्लवले गाँउको विकास निर्माण, सरसफाई लगायतका सामाजिक कार्यहरु बिगत बर्ष देखी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *