खोजि गर्नुहोस..

बर्दिया बेलौलीका बाख्रा पालक कृषक समुह हर्षित


फागुन ३ गते

बासगढी ८ बेलौली बर्दियामा रहेको बेलौलि लगनशिल बाख्रा पालक कृषक समुहका सदस्यहरु्र आजकाल आफनो व्यवसायि तर्फ हर्षित भएका छन । बाख्रापालनलाई व्यवसायिकरण गर्दै मासुमा आत्मनिर्भर बनाउने रोजगार सिर्जना गर्ने उदेश्यले २५जना सदस्य रहेको समुहमा १७ जना सदस्यहरुले बाख्रा पालन व्यवसाय गरेका छन । प्रति सदस्यहरुले २० देखि ८५ वटा सम्म बाख्रा पालन गरेका छन । २०७४ सालदेखि आफनो तरीकाले बाख्रापालन गरिरहेका समुहका सदस्यहरुले आजकाल नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाईफ स्टक सेक्टर इन्नोभेशनको आयोजना बुटवलसंगको सहकार्यमा जम्मा १ करोड ९४ लाख ६४ हजार ३ सय ९९ रुपैयाको लगानीमा बेलौली लगनशिल बाख्रा पालक कृषक समुहले बाख्रा पालन गरिरहेका छन ।

आयोजनाले ९६लाख ९१ हजार ३ सय ११ अनुदान दिएको छ । त्यसैगरि लाभग्राही सस्थाले ३८ लाख ५० हजार ८ सय ६३ लगानी गरेको छ । यो लगानीले उन्नजातका पाठापाठी उत्पादन, खसिबोका बिक्री, खसिबोकाको मासु उत्पादन, गरिरहेको छ । २०७८ भदौबाट संचालन भएको आयोजना २०७९ असार मसान्त सम्म सम्पन्न हुने समुहका अध्यक्ष मिन बहादुर बोहराले जानकारी दिनुभयो । समुहका अध्यक्ष मिन बहादुर बोहराले भन्नुभयो, म ८५ वटा बाख्रा पालेको छु , २ जनालाई रोजगार दिएको छु र बार्षिक ६।७लाख आम्दानी हुन्छ ।

आफनो व्यवसायमा एकदमै खुसि रहेको उहाले बताउनुभयो । गर्न जानेमा आफनो देशमा प्रसस्ता काम छ विदेश जानै नपर्ने पनि उहाले बताउनुभयो । तर हाम्रो समाजको बुझाई घरदेखि बाहिर गई काम गरेमा मात्र कमाई देख्ने चलन रहेको छ । सो सोचाइ र बुझाईले गर्दा यहाँका युवाहरु सबै बिदेश पलायन भइरहेका छन । त्यसैले आफनो घरमै जे छ भैसी पालन, कुखुरा पालन बाख्रा पालन कृषि खेति गरि जमीन बाझो राखि विदेश नजान भन्दै गरेको बेलौली लगनशिल बाख्रा पालक कृषकसमुहका अध्यक्ष मिन बहादुर बोहराले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *