माघ २७ गटे
१२ बर्षिय नावालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बाँसगढीमा एक युवालाई प्रहरीले पक्राउ गरेका छन् । सोमबार २४ गते बाँसगढी नगरपालिका ४ अस्नेरी गाँउमा बस्ने २९ बर्षिय विर बहादुर रोकाले सोहि ठाउँकी १२ बर्षिय नावालिकालाई आफनो घरम एक्लै भएको मौका छोपेर बिभिन्न डरत्रास डेखाई जबरजस्ती करणी गरेको पाएपछि २६ गते बुधबार इलाका प्रहरी कार्यलय मोतिपुरले तत्काल प्रहरी टोली खटाई नियन्त्रणमा लिएको हो ।
जवरजस्ती करणी गरेको खबर पाए लगत्तै रोकालाई नियन्त्रणमा लीई जवरजस्ती करणी सम्वन्धि कसुरमा थप अनुसन्धान कार्य आघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले जानकारी दिनुभयो ।