खोजि गर्नुहोस..

बारबर्दियाको १०औ नगर सभाबाट ५ विद्ययेक र १२ कार्यविधि पारित


माघ २२ गते
बारबर्दिया नगरपालिकाको १०औं नगर सभा यही माघ २२ गते सम्पन्न भएको छ । माघ २० गते देखि सुरु भएको नगरसभा ५ वटा विद्येयक र १२ वटा कार्यविधि पारित गर्दै सम्पन्न भएको हो । नगर प्रमुख तथा नगर सभाका सभाध्यक्ष दुर्गा बहादुर थारुको अध्यक्षतामा भएको नगर सभा बाट बारबर्दिया नगरपालिकाको वन सम्बन्धी प्रस्तुत विद्येयक २०७८, सामाजिक समावेशीकरण निती २०७८, बाल संरक्षण निती २०७८, बालविवाह विरुद्धको रणनीतीक योजना २०७८ र सहकारी ऐन २०७४ पहिलो संशोधन सहित पारित भएको छ ।

त्यसैगरी १२ वटा कार्यविधिमा स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता कार्यविधि २०७८, आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७८, मेलमिलाप केन्द्र संचालन सम्बन्धी कार्यविधि प्रथम संशोसधन २०७८, नगरपालिकाको संंचित कोषको आन्तरिक लेखा परिक्षण सम्बन्धी कार्यविधी २०७८, स्थानिय तहको वजेत तथा कार्यक्रम तर्जुमा समितीको कार्यसंचालन कार्यविधि २०७८, किशोरी क्लव गठन तथा संचालन कार्यविधि २०७८, बारबर्दिया आपतकालिन कार्य संचालन केन्द्र कार्यविधि २०७८, नगर अस्पताल संचालन तथा ब्यवस्थापन कार्यविधि २०७८, महिला स्वास्थ्य स्वयसेविका परिचालन तथा ब्यवस्थापन कार्यविधि २०७८ लगाएत १२ वटा कार्यविधिहरु पारित भएको छ ।

त्यसैगरी नगर सभाबाटै बरघर ऐनलाई संशोधन गर्नको लागि स्विकृत गरेको छ । त्यस्तै नगर सभा बाटै बारबर्दिया नगरपालिकाको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी नगर सभामा विषयगत साखाका संयोजकहरुले क्षेत्रगत प्रगती प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । त्यसैगरी उत्कृस्त कर्मचारीको रुपमा बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्मा, शिक्षा शाखाका प्रमुख टिकानाथ गोसाई र एउटा उपभोक्ता समितीलाई १०।१० हजार रुपैया पुस्कार प्रदान गरीनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *