खोजि गर्नुहोस..

चौथो मेयरकप रनिंगसिल्ड प्रतियोगिता तथा १४ औँ राष्ट्रिपति रनिंगसील्ड खेलाडी छनौट प्रतियोगिता बाँसगढीमा शूरु (फोटो फिचर समेत)

पौष १८, मधुर पौडेल, अनलाईन बाँसगढी

बाँसगढी नगरपालिकाको आयोजना तथा बालज्योति एकेडेमी को सहआयोजनामा खेलकुदको माहाकुम्भ चौथो मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता तथा राष्ट्रपति रनिंगसील्ड खेलाडी छनौट २०७८ शुरु भएको छ । बाँसगढी नगरपालिकाको वडा नं ८ स्थित रहेको नगरस्तरिय खेल मैदानमा आईतवार एक कार्यक्रमका बिच नगर प्रमुख सालिकराम अधिकारी तथा लुम्विनि प्रदेश सभा सदस्य कविराम थारुले संयुक्त रुपमा उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कविराम थारुले शिक्षा क्षेत्र सुदृढ गर्न खेलक्षेत्रको माध्यमले स्वास्थ्य, सक्षम नागरिक उत्पादन गर्ने सँगै देश निर्माणमा अगाढि बढ्न सकिने बताउनु भयो । यति बेला सरकार संघीयतामा गएको हुँदा ३ तहको सरकारले शिक्षा र खेलकुदलाई एक धारमा लियर अघि बढ्नु पर्ने बताउनु भयो ।


कार्यक्रममा बिशेष अतिथिको आसनवाट लुम्विनि प्रदेश सभा सदस्य भुवनेश्वर थारुले खेलकुद क्षेत्रलाई अघि बढाउन एक पालिका एक खेलमैदान निर्माणको अवधारण सहित काम गर्न आँफु लागिरहेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्र सुधारको लागि प्रदेश सरकारले भौतिक निर्माणको लागि बजेट विनियोजन समेत गरेको जनकारी दिनु भयो ।

कार्यक्रममा नगर प्रमुख शालिकराम अधिकारीले नगर, जिल्ला, राष्ट्र हुदै अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्य सहित बाँसगढी नगरपालिका मेयर कप रनिंगशिल्डको आयोजना गरेको बताउनु भयो । उहाँले बताउनु भयो हाम्रो क्षेत्रवाट थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा हाम्रा खेलाडीहरुले आफ्नो नाम तथा क्षेत्रमा बाँसगढीलाई चिनाउनु भएको छ, यस खेलले पनि थप उर्जा प्रदान गर्ने छ ।

बाँसगढी नगरपालिकाका समाजिक विकास समितिका संयोजक तथा वडा न ८ क वडा अध्यक्ष तुल प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य कविराम थारु, विशिष्ट अतिथि भुवनेश्वर थारु र नगरप्रमुख शालिकराम अधिकारी रहनु भएको थियो ।  

कार्यक्रमका सभापति, प्रमुख अतिथि, बिशेष अतिथिले संयुक्त रुपमा रनिङ्ग शिल्डको झण्डा सहितको बेलुन उडाएर कार्यक्रम उद्घाटन गर्नु भएको थियो  ।

खेल मैदान निर्माणको लागि तथा मैदान सम्म पुग्ने जग्गा दान गर्नु हुने जग्गादाताहरुलाइ समेत सम्मान गरिएको छ । उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य बालज्योति एकेडेमी विद्यालय व्यास्थापन समिति अध्यक्ष नवराज अधिकारीले राख्नु भएको थियो । कार्यक्रम सन्चालन सहआयोजक विद्यालयका प्रिन्सीपल जितवहादुर रोकाय ले गर्नु भएको थियो ।

 कार्यक्रमा विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवी, खेल प्रशिक्षक, प्रहरी, अभिभावक, शिक्षक, खेलाडी, विद्यार्थी लगाएतको सहभागिता रहेको थिय । आइतबार देखि भएको कार्यक्रम खेल २२ गते सम्म सञ्चालन हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *