खोजि गर्नुहोस..

बाँसगढीमा हुने बर्दिया बाघ महोत्सव २०७८ को तयारी ६० प्रतिशत भन्दा बढी पुरा

यहि पौष २९ गते देखि ९ गतेसम्म संचालन हुने बर्दिया बाघ महोत्सव २०७८ को तिव्र गतिमा तयारी भईरहेको आयोजक मुल समितिले जनाएको छ । महोत्सव प्रचार प्रसार उपसमितिका संयोजकका एक नारायण अधिकारीका अनुसार महोत्सवको तयारी ६० प्रतिशत भन्दा बढी तयारी पुरा भइसकेको छ । महोत्सव स्थल निर्माण, तारबारको काम समेत तिव्र पारिएको समितिले अनलाईन बाँसगढीलाइ जनाएको छ ।

महोत्सव स्थलमा रमाईलो मेला, थारु गाउँ, होटल, अन्य घरेलु, कृषि स्टल राखिने काम भइरहेको मुल आयोजक समितीक संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंग थारुले बताउनु भयो ।

बाँसगढी उद्योग बाणिज्य संघको आयोजनामा पाँचौ बाँसगढी औद्योगिक, कृषि, पर्यटन, ब्यापार मेला तथा बर्दिया माघ महोत्सव २०७८ कृषि, पर्यटन, उद्योग ब्यापार तथा कला संस्कृतिकको पहिचान बिकास र सम्बृद्धिम पहुँच पुर्याउने उद्देश्यले मेलाको आयोजना गरिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *