माघ ३, अनलाईन बाँसगढी
बासँगढी नगरपालिकाको १० औं नगर सभा आज सम्पन्न भएको छ । सो सभा नगर प्रमुख एवम नगर सभाका सभाध्यक्ष शालिकराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । सभाध्यक्षको सम्बोधन पछि विषयगत समितिका संयोजकहरूबाट क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो । नगर भित्र रहेका विभिन्न विषयगत शाखाका प्रमुखहरुले चालु आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिक सम्म भए गरेका प्रगती प्रतिवेदन प्रस्तुत भएको थियो ।
सभामा विभिन्न सदस्यहरूले राखेका जिज्ञासा सम्बन्धित समितिका संयोजक एवम सभाध्यक्षबाट सम्बोधन भएको थियो । नगरसभामा कृषि तथा पशुपन्छि सम्वन्धि विधेयक, स्थानिय वन सम्वन्धि विधेयक, बरघर ऐनमा भएको केहि बुदा सम्सोधन गरेर पारित गरेको छ, भने नगर सभाबाट कृषि ऐन पनि पारित भएको छ । त्यसैगरी सभाले गुर्वावा एफएमको लागि भवन र गोवर ग्यास् निर्माण गर्ने लगायतका विभिन्न प्रस्तावहरू पारित गरेको थियो ।