मधुर पौडेल, अनलाईन बाँसगढी
माघ ३
बासँगढी नगरपालिकाको मुख्य बजारमा रहेको किसान चोकको आज एक कार्यक्रमका बिच अनावरण गरिएको छ । सोमबार भएको औपचारिक कार्यक्रमका विच नगर प्रमुख शालिकराम अधिकारी र पुर्व कमैया तथा किसान शिबप्रसाद थारुले संयुक्त रुपमा किसान चोकको अनावरण गर्नुभएको हो । नवनिर्मित किसान चोक बासँगढी नगरपालिकाको चिनारीको रुपमा रहेको र किसानको पहिचानको लागि हलो जुवा बोकेको किसान सहित किसान चोकको अनावरण गरिएको हो ।
ऊक्त कार्यक्रममा बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिधिनीहरुले बासँगढी नगरपालिकाका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन स्थानिय सरकार लाग्नुपर्ने जोड दिनुभएको थियो । उहाहरुले किसान प्रति हेर्ने दृष्टि पनि यहिदेखि परिर्वतन गर्न सहयोग गरिएकोले नगरपालिकालाई धन्यावदन पनि दिनुभएको थियो ।
बासँगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारीले नगरपालिकाले किसानहरुको हकहितका लागि विभिन्न कार्यक्रम गरिएको बताउनुभएको थियो । उहाँले किसानहरुका लागि पशु विमा, कृषि विमा गरिरहेको पनि बताउनुभएको थियो । नगरभित्रका किसानलाई कृषि विमा शतप्रतिशत निशुल्क गरिहेको र सम्पुर्ण किसानलाई सहभागि हुन पनि आग्रह गर्नुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख शुस्मा चौधरीले स्वागत गर्नुभएको थियो भने संन्चालन नगरपालिकाका शेर बहादुर केसीले गर्नुभएको थियो ।