खोजि गर्नुहोस..

बाँसगढी महोत्सवको तयारी ?

उद्योग बाणिज्य संघ बाँसगढीको आयोजनामा मिति २०७८ पौष २९ गते देखि माघ ९ गते सम्म पाँचौ बाँसगढी ओैद्योगिक, कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव २०७८ हुन गइरहेको छ । उक्त कार्यक्रमको तयारीमा संघ भव्य रुपमा लागि परेको छ । सो सम्बन्धमा प्रचार प्रसार समितिका संयोजक एकनारायण अधिकारी सँग अनलाईन बाँसगढीका मधुर पौडेलले ५ औ बर्दिया माघ महोत्सवको तयारी कस्तो रहेको छ भनेर सोध्नु भएको थियो । उहाँ सँगको कुराकानी जस्ताको जस्तै

५ औ बाँसगढी माघी महोत्सवको तयारी कस्तो छ ?


आउदो पौष २९ देखि माघ ९ गतेसम्म बाँसगढी बजारको खनाल चोक को उत्तर साईड मा ५ औ संस्करणको भव्य महोत्सव सञ्चालन गर्दैछौ । हामीले यस महोत्सव सफल पार्नका लागि तयारीलाई तिब्र बनाएका छौं । सो का लागि आवश्यकताअनुसार विभिन्न उप समिति गठन भई जिम्मेवारी प्रदान गरि गरिएको छ । मूल समिति र विभिन्न उपसमितिले आ आफ्ना जिम्मेवारी अनुसार तयारीमा जुट्नुभएको छ । यतिबेला हामी तयारीमा छौं त्यसैले सवै जना आ आफ्नो स्थानवाट लागि परि रहनु नै भएको छ ।

प्रचार प्रसार कसरी भइरहेको छ ?


प्रचार–प्रसारको काम तिब्र गतिमा भइरहेको छ । विभिन्न सञ्चार प्रचार प्रसारका लागि माध्यमबाट नविनतम प्रसयास र कार्यहरू भैरहेका छन, प्रचार–प्रसार क्रमगत कार्यहरू भइरहेको छ । हामी अब केही दिन मा बर्दिया र बाँके को शहरमा पुग्ने योजना छ । माघि महोत्सवमा हामीले निमन्त्रणा गर्दै प्रचार–प्रसारसहित पत्रकार सम्मेलन गर्ने तयारी मा छौ। यस क्षेत्रका सबै सञ्चारमाध्यमको उत्साहजनक साथ प्राप्त भएको छ । सोसल मिडियालाई पनि प्रयोग गरेर प्रचार–प्रसार गरेका छौं। सबैलाई अनुराेध गरेका छौ ।

महोत्सवको विशेष आकर्षण के- के हुन ?


हामीले ओैधोगिक, कृषि, पर्यटन, उद्योग व्यापार, कलासंस्कृति, मनोरञ्जन पक्षहरुलाई बढी जोड दिएका छौं । जहाँ पर्यटकीय गतिविधि बढी हुनु स्वभाविकै हो । महोत्सवमा स्थानिय उत्पादित बस्तुहरुको प्रदर्शनी गरिनेछ। सुव्यवस्थित बजारीकरण स्टलहरू, कृषिमा आधुनिकिकरण र यान्त्रिककरण, हस्तकला प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति, विभिन्न खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, बालउद्यान, सहासिक पर्यटक खेलकुद, बर्दिया जिल्ला भित्रका सम्पुर्ण पर्यटकिय गन्तव्य हरूको प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट, स्थानीय थारू संस्कृतिको जगेर्ना साथै प्रवर्द्धन गर्दै थारू गाँउ निर्माण गिरने छ।, थारू नृत्य प्रतियोगिता वा थारू फेसन सो मध्य कुनै एक को छलफल हुदै छ ।  साथै स्थानिय कलाकारहरूको कला प्रतिभालाई पहिचान गर्न, निखार ल्याउनका साथै विकास गर्न बर्दिया डान्स आईडल गरिने छ। हाम्रो लुम्बिनी पर्यटकिय क्षेत्र मंन्दिर जस्तो देखिने आकर्षक मुख्य प्रवेशद्वार (गेट) निर्माण गरिने छ। दर्शकहरूका लागि विशेष आकर्षकका रूपमा बनाईने सेल्फि प्वाईन्ट महोत्सवको आकर्षण बन्नेछ ।

महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?


गत वर्षसम्म हामीले ४ औं संस्करण सकेर अहिले ५औं संस्करणको बाँसगढी प्यापार मेला साथै बर्दिया माघ महोत्सव आयोजना गर्दैछौं । यो समय कोभिड-१९ ले थल पारेको व्यापारी चहलपहल, थल पारेको आम नागरिकको मनोबल लाई पनि फेसमेन्ट गर्न, व्यवसायीक च अफसिजनका रुपमा परिचित थियो । माघी महोत्सव आयोजना गर्न लागेपछि यो समयमा बाँसगढी मा आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल बढेको छ । बर्दिया को प्रचार–प्रसार गर्नु र पर्यटन प्रर्वधन गर्नु नै हाम्रो लक्ष्य हो ।

महोत्सवमा कस्ता खालका कलाकारहरुको प्रस्तुती रहने छ केही कलाकारहरुको नाम भन्न मिल्छ ?


सवै भन्दा पहिले हामिले स्थानीय स्तरलाइ बढी प्राथामिकतामा राख्नु पर्ने हुन्छ । त्यसैले पक्कै पनि स्थानीय कलाकारहरुलाइ हामि बढी प्रोत्साहन गर्ने छौ । त्यसका लागि हामिले विभिन्न योजनाहरु बनाएका छौ । पहिलोमा हामिले स्थानीय कला संस्कृतीलाइ जोडेपछी मनोरन्जनका लागि बल्ल हामिले राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुलाइ समेट्ने छौ ।

महोत्सवमा लक्षित दर्शक को–को हुन् ?


महोत्सवमा विशेषगरी बर्दिया जिल्ला भित्रका र छिमेकी जिल्लाका छिमेकी पालिकाहरू विशेष लक्षित दर्शकहरू हुन। साथै हामिकहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक सबै हाम्रा लक्षित दर्शक हुन् बर्दियामा हामी सबैलाई स्वागत गर्न चाहन्छौं । बर्दिया आउने आन्तरिक तथा बाह्य पर्यटकले आ–आफ्नो चाहना अनुसार होटलमा बस्न र रेष्टुरेन्टमा खाना खान सक्नुहुन्छ । महोत्सव अवधिभर बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्नेछ । विशेष गरि स्थानिय दर्शकहरूको बाक्लो उपस्थिति रहने कुरामा विश्वस्त छु । करिब डेढ लाख दर्शकहरुको सहभागिता भित्र्याउने तयारी मा छौ । महोत्सव अवधिभर बाँसगढी बजारमा अझबढि निकै चहलपह बढ्ने छ। यस क्षेत्रकै सफल र पृथक खालको महोत्सव हामीले आयोजना गर्दै आइरहेका छौं । पाँचौ माघि महत्सवमा आन्तरिक साथै बाह्यपर्यटकलाई स्वागत गर्न हामी आतुर छौं ।

अन्तमा के भन्न चाहनुहुन्छ ?


मेरो विशेष अनुरोध र निवेदन के छ भने यो महोत्वस कृषि, पर्यटन, उद्योग, ब्यापार, कला संस्कृती सम्बर्द्धन र प्रर्वद्धन गर्न, सर्बपछि्छय छलफल, पश्चात् एकता, सद्भाव र सहकार्यताका साथ यो महोत्सव आयोजना गरिएको हो। यो महोत्सव बाँसगढीको मात्र महोत्सव नभई सिंगो बर्दियालाई आम रूपमा चिनाउन आयोजना गरिएको हो। तेसैले आउनुहोस यो महोत्सव तपाईको हो, मेरो हो । हामि सबैको हो ।यसलाई भव्यरूपमा सफल बनाओैं । साथै मेरो जिम्मेवारी प्रचारप्रसार रहेकाले प्रचार प्रसार कार्यमा साथ सहयोग र उचित सकरात्मक सल्लाह सुझाव दिनुहुन पनि म सबै सबै महानुभावहरूमा विनम्र अनुरोध गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *