खोजि गर्नुहोस..

बाँसगढीमा ४४ जना शहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान गरिएको छ ।

पौष १०

बाँसगढीमा आज एक कार्यक्रमको आयोजना गरि राज्य पक्षवाट शहिद तथा बेपत्ता पारिएका परिवारहरुलाइ सम्मान गरिएको छ । शशस्त्र द्वन्दको क्रममा पौष १० गते बाँसगढी नगरपालिकाको वडा नं ५ स्थित हस्नापुरका होलिराम थारु (बसन्त), शंकर थारु, सिता थारु र (कृतिका), माथि राज्य पक्षले घटाएको  घटनाको सम्झनामा उक्त कार्यक्रम गरिएको हो ।

बाँसगढी नगरपालिका वडा नं ५ को समन्वय तथा माओबादी केन्द्र बाँसगढीको सहयोगमा सन्चालन भएको उक्त कार्यक्रममा नगर भित्रका राज्य पक्षवाट शहिद तथा बेपत्ता पारिएका ४४ जना परिवारहरुलाइ नगद तथा दोसल्ला ओडायर सम्मान गरिएको थियो ।

माओबादि केन्द्र बाँसगढीका नगर अध्यक्ष बिनाराम थारुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समितिका अध्यक्ष भुवन कुमार थारु (किशोर) को प्रमुख आतिथ्यता रहेको  वडा नं ५ का अध्यक्ष नरेन्द्र गिरीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *