विन्दु चौधरी
स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणाली निर्माण गर्ने नारासहित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूका लागि वित्तीय साक्षरता तथा गुनासो सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्याय र अनुगमन अधिकृत मधु कुंवरले सहभागीलाई वित्तीय साक्षरतासम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो । उहाँले वित्तीय संस्थाको सेवासुविधा, बचत, ऋण व्यवस्थापन तथा वित्तीय सुरक्षा सम्बन्धी विषयमा विस्तृत रूपमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कोसेली बैंकिङ समुदाय प्रमुख पविता दहितको अध्यक्षतामा प्रमुख अतिथि बाँसगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तुलप्रसाद गौतम रहनु भएको थियो थिए भने कार्यक्रम सञ्चालन संस्थाका शाखा प्रमुख नरेश बहादुर भुलले गर्नुभएको थियो । संस्थाका अनुसार हालसम्म जम्मा बैंकिङ समुदायको संख्या ४ हजार १३८, समूह सदस्य ४३ हजार १७१, बचत रकम ९० करोड ५३ लाख ८८ हजार ८ सय, लगानी रकम २ अर्ब २१ करोड ५ लाख ९४ हजार ५ सय तथा शेयर पूँजी १७ करोड ९१ हजार पुगेको छ । उक्त कार्यक्रमले सदस्यहरूलाई वित्तीय सचेतना बढाउने तथा वित्तीय संस्थासँग सम्बन्धित गुनासोहरू सुनुवाई गर्ने अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।
यसैविच ग्लोबल मनी वीक २०२५ को अवसरमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले वित्तीय सचेतना अभिवृद्धिका लागि र्याली लिएको छ । आर्थिक सहयोग तथा विकास संगठन (इभ्ऋम्) अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय शिक्षा सञ्जाल (इभ्ऋम्÷क्ष्ल्ँभ्) द्वारा आयोजित यो वार्षिक अभियानको उद्देश्य बालबालिका, युवा तथा सर्वसाधारणलाई वित्तीय साक्षरतासम्बन्धी जागरूकता फैलाउने उदेश्य रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका करिव ८० सदस्यहरुको उपस्थितीमा ककौरादेखि बाँसगढीसम्म र्याली निकालिएको थियो । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्यायका अनुसार यो अभियानले सर्वसाधारणलाई बचत, लगानी, ऋण व्यवस्थापन तथा डिजिटल वित्तीय सुरक्षाबारे जानकारी गराउने उद्देश्य राखेको छ । संस्थाले आगामी दिनमा पनि वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।