खोजि गर्नुहोस..

बर्दियाबाट एसइइमा ७ हाजर ७ सय ६२ विद्यार्थी सहभागी हुदै

हुुम कुुमार चौधरी ।

आगामी चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परिक्षा एसइइ मा बर्दिया जिल्लाबाट साढे सात हजार बढी विद्यार्थी सहभागी हुने भएको छन् । बर्दिया जिल्लका ८ ओटै पालिकाका सामुदायीक ८८ र सस्थागत २९ गरि १ सय १७ बिद्यालयका जम्मा ७ हजार ७ सय ६२ जना विद्यार्थी एसइइ परिक्षामा सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय एकाई बर्दियाका प्रमुख सुर्य बहादुर खत्रीले जनकारी दिनु भएको छ ।

जसमा सामुदायीक विद्यालयका ७ हजार १ सय १० जना र सस्थागत विद्यलयका ६ सय ५९ विद्यार्थी एसइइ परिक्षा दिने भएका छन् । एकाई प्रमुख खत्रीका अनुसार बर्दियामा यस वर्ष ३५ वटा परिक्षा केन्द्र बाट ५ हजार ४ सय ७६ नियमित र २०८० सालका २ हजार १ सय ६९ र ०७८।०७९ का १ सय १७ गरि जम्मा २ हजार २ सय ८६ ग्रेडबृद्धि गरि जम्मा ७ हाजर ७ सय ६२ जना विद्यार्थी एसइइ दिने भएका छन् । जसमा छात्रा ३ हजार ९ सय ६० र छात्र ३ हजार ८ सय २ रहनु भएको छ ।

त्यसै गरी अपांग ११ जना र कारागारमा रहेका ६ जना विद्यार्थी एसइइ परिक्षामा सहभागित हुने शिक्षा विकास तथा समन्वय एकाई बर्दियाले जनाएको छ । बर्दियाम एसइइ को सम्पुर्णतयारी अन्तिम चरणम पुगेको छ । जसको लागि परिक्षा केन्द्र, केन्द्राध्यक्ष तोकिसकिएको छ, भने उत्तर पुस्तिका सबै परिक्षा केन्द्रमा पुगी सकेको छ भने प्रश्न पत्र १।२ दिन भित्र पुग्ने एकाई कार्यालय बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *