खोजि गर्नुहोस..

क्यान महासंघ बर्दियाका पदाधिकारीलाई प्रमाण पत्र वितरण सँगै पदस्थापना


रावन विश्वकर्मा ।
कम्प्युुटर एसोसिएसन नेपाल महासंघ(क्यान महासँघ) बर्दियाका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण सँगै पदस्थापना गरिएको छ । क्यान महासंघ बर्दिया शाखाको पाचौँ अधिवेसन तथा १० औँ साधारण सभा बाट निर्वाचित दिल बहादुुर चौधरी सहित नयाँ कार्यसमितिलाई प्रमाण पत्र वितरण संगै पदस्थापना गरिएको हो । बर्दियाको ठाकुरबाबा ५ गोविन्दपुर सामुदायिक होमस्टमा शनिबार एक कार्यक्रमका विच क्यान महासंघ बर्दियाका नयाँ कार्यसमितिको पदस्थतापना गरिएको थियो ।

क्यान महासंघ बर्दियाको अध्यक्षमा दिल बहादुुर चौधरी, उपाध्यक्षमा राम प्रसाद थारु, सचिवमा क्षितिज पौडेल, सहसचिवमा रामप्यारे थारु, कोषाध्यक्षमा शंकर प्याकुुरेल, सदस्यमा गनेश खनाल, पवन पोख्रेल, भगवती पौडेल, कृष्ण सोडारी, दुुर्गा प्रसाद चौधरी, र श्याम जैसवाल रहेका छन् । कम्प्युुटर एसोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष सिरनजिवि चौलागाँई, केन्द्रिय सदस्य सुदिप शर्मा, लुम्बिनी प्रदेस सचिव तथा जिल्ला परिषद सदस्य गोपाल निरौला, प्रदेस सदस्य तथा जिल्ला परिषद सदस्य सुुर्य केसी, क्यान बर्दिया संस्थापक अध्यक्ष प्रशान्त टण्डनको सहभागितामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सहभागि वक्ताहरुले क्यान महासंघ बर्दियाले साईबर सचेतना, डिजिटल मिडियाको प्रयोग, अनलाईन फिसिङ्ग लगायतका सचेतना मुुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । सुुचना प्रविधिको प्रयोगले हरेक काम सहज र सरल बनाउदै गएकाले अव क्यान महासंघले डिजिटल बर्दिया अभियान सञ्चालन गर्नुु पर्नेमा समेत सहभागिको जोड थियो । कार्यक्रममा सहभागि अथितिहरुलाई मायाँको चिनो समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *