हुम कुमार चौधरी
बाँसगढी नगरपालिका ९ मा भएको महिला प्रजनन तथा महिला स्वास्थ्य सम्वन्धि निशूल्क स्वास्थ्य शिविर १ सय ९२ जना सेवा लिएका छन् । बाँसगढी नगरपालिका वडा ९ को आयोजना र केयर सिटी अस्पताल नेपालगंजको समन्वयमा आधारभुत स्वास्थ्य केन्द्र माछागढमा विहिबार भएको निशूलक स्वास्थ्य शिविरम स्थानिय महिलाहरु प्रजनन स्वास्थ्य सम्वन्धि सेवा लिएका हुन् । बासगढी ९ का वडा अध्यक्ष चन्द्रबहादुर शाहीको सभाअध्यक्षातामा भएको शिविरमा केयर सिटी अस्पताल नेपागन्जका स्त्रीरोग विशेषज्ञ डाक्टर राजन महतले १ सय ९२ जना महिलाहरुको निशुल्क प्रजनन स्वास्थ्य जाँच तथा परामर्श गर्नु भयो ।
स्त्रीरोग विशेषज्ञद्धारा घरदैलोमा नै स्वास्थ्य परीक्षण, परामर्श प्राप्त गर्दा स्थानिय महिलाहरु खुशी भएका छन् । शिविरमा महिलारुको प्रजनन स्वास्थ्य सम्वन्धि विभिन्न समस्याहरुको पहिचन तथा समाधान गर्न र सचेतना फैलाउने उदेश्यले १ दिने निशुक्ल स्वास्थ्य शिविर सञ्चालन गरिएको वडा अध्यक्ष चन्द्र बहादुर शाहीले जानकारी दिनु भएको छ । स्वास्थ शरीर नै महिलाहरुको सशक्तिकरणको पहिलो र महत्वपुर्ण आधार भएकोले यस प्रकारको स्वास्थ्य शिविरले महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउन ठुलो भुमिका खेल्ने कुरा वडा अध्यक्ष शाही बताउनु भयो । शिविरमा केयर सिटी अस्पताल नेपालगन्जका स्त्रीरोग विशेषज्ञ डाक्टर महतले महिलाहरुको भि आई ए परिक्षण, सगै सबैको भिडियो एक्सरे गरि जाँच तथा परार्मश सेवा दिनु एको आधारभुत स्वास्थ्य केन्द्र माछागढ ९ का हेल्थ असिस्टेन्ट राम कुमार थारु जनकारी दिनु भएको छ ।