खोजि गर्नुहोस..

बाँसगढी नगरपालिकाको १२ औँ हिउदे नगर सभा सुरु

अनोज थारु,
बर्दिया बाँसगढी नगरपालिकाको १२ औँ हिउदे नगर सभा सुरु भएको छ । बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काको अध्यक्षतामा हिउले नगर सभा शुक्रबार देखी सुरु भएको हो । नगर सभामा चालु आर्थिक बर्षको हालसम्मको समिक्षा संगै प्रदेश र संघिय सरकारबाट बिभिन्न शिर्षकमा प्राप्त भएको बजेट समेत नगर प्रमुख खड्काले प्रस्तुत गर्नु भएको थियो । जसमा प्रदेश र संघिय सरकारको बित्तिय समानीकारण अनुदान, सर्शत अनुदान, राजस्व बाँडफाँड र अघिल्लो बर्षको अ.ल्या गरेर ४५ करोड ४ लाख ७५ हजार ५ सय ९९ पैसा प्राप्त भएको नगर प्रमुख खड्काले प्रस्तुत गर्नु भयो । नगरको चालु आर्थिक बर्षको कुल बजेट ८४ करोड ९१ लाख ९७ हजार मध्य २० करोड ६९ लाख ९ हजार १ सय ९९ रुपैयाँ ७ पैसा नगरले खर्च गरेको छ । जसमध्य चालुतर्फ १६ करोड ७७ लाख ४१ हजार ८ सय ९ र पुँजीगततर्फ ३ करोड ९१ लाख ६७ हजार ३ सय ९० रुपैया खर्च गरिएको छ । नगर सभामा नगर प्रमुख खड्काले नगरबाट हुने सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि, पशु, सरसफाई लगायत विकास निर्माणमा भएका प्रतिगतीका बारेमा जानकारी गराउनु भएको थियो । “सहकारी समुह छ हाम्रो, उत्पादन छ राम्रो”भन्ने मुल नाराका साथ नगरपालिकाले यस बर्ष खाद्यन्न बाली, कन्ये च्याउ र बिउमा आत्मानिर्भर बनाउन ५० प्रतिशत अनुदान दिएर कृर्षकहरुलाई सहयोग गरेको छ । कृषि शाखा कार्यालयबाट हाल सम्मा ३२ हजार २५६ केजी गँहुको बिउ, १२ हजार ३६३ कन्य च्याउ र (धान र गाँहु)को बिउमा आत्मानिर्भर बनाउन ७ हजार १६० केजी बितरण गरेको छ । त्यस्तै उन्नत बिउ बसन्ते मकैको लागि आवेदन संकलन गर्ने कार्य भइरहेको छ । यस कार्यक्रमबाट कृर्षक, कृर्षक समुह, कृषि सहकारी संस्थामा आवद्ध लगायत गरिव बिपन्न, मुक्त कमलरी, कमैया र द्धन्द पिडितहरु लाभम्बित हुने छन् । त्यस्तै नगरभित्र जन्मने हरेक छोरीका लागि “एक छोरी एक बैँक खाता” कार्यक्रमलाई नगरको नमुना कार्यक्रमको रुपमा सुरुवात गरिएको र हाल सम्म ६१ जना छोरीहरुको बैँक खातामा ५ हजारका दरले रकम जम्मा गरिएको नगर प्रमुख खड्काले बताउनु भयो । त्यस्तै ४ र ८ वडामा ८ हेक्टर क्षेत्रफलमा आलुको विउ उत्पादन कार्यक्रम सञ्चालन, नगरपालिका भित्रको बाजो जमिनको विवरण संकलन, पशुपंक्षी धन सुरक्षाका लागि पशु बीमा कार्यक्रम लागु गरिएको बताउनु भयो । नगरपालिका भित्रका ऐलानी जग्गा, सुकुम्बासी तथा अव्यवस्थीत बसोबासलाई व्यवस्थित गर्ने कार्यमा भुमी सम्बन्धी समस्या समाधान आयोगसँग सहकार्य गरी पुन लगत संकलन गर्ने र जग्गा सम्बन्धी समस्यालाई सम्बोधन हुने गरि सबै वडाहरुमा जग्गाको वर्गिकरण गर्ने कार्यको थालनी गरिएको बताउनु भयो । नगरपालिकाले स्वास्थ्य तथा समृद्ध नगरपालिका बनाउनको लागि सबैवडामा डेंगुरोग नियन्त्रण कार्यक्रम, पोषण कार्यक्रम,सुत्केरी महिलालाई घ्यू र मह बितरण, जस्ता कार्यक्रम गर्दै आएको नगर प्रमुख खड्काले बताउनु भयो । त्यस्तै चालु आर्थिक बर्षको भौतिक बिकास तिर १७ वटा योजनको बेलपत्र भएर ठेक्क भई १४ वटा योजनाहरु सम्झौता भइसकेको छ भने ३ वटा वडा स्तरीय योजनाहरु टोलबिकास संस्था मार्फत काम सुरु हुने तरखरमा रहेको छ । नगरपालिकाको क्रमागत रुपमा संचालन भएका ठुला आयोजनाहरु बाँसगढी १ चेपाङ्गको कुरुले सडक निर्माणमा १ लाख बजेट बिनियोजना, वडा नं २ मिलनचोक देखि बेलौली सडक स्तरउन्नती, वडा नं ४ एस.ओ.एस चोक देखि लक्ष्मणपुर सडक कालोपत्रे, एसओएस चोक देखि बाह्रबिगहा सडक कालोपत्रे, वडा नं ५ दमौली देखि लक्ष्मणा सडक, वडा नं ६ राधाकृष्णटोल देखि दमौली सडक,वडा नं ७ आमा प्रतिक्षालय देखि रेशमपुर सडक, वडा नं ८ दुर्गाफाटा देखि बिचगाँउ सडक र रावतचोक देखि थुमुनी सडकको स्तरउन्नती, र वडा नं ९ मा समेत निरन्तर रुपमा काम भइरहेको नगर प्रमुख खड्काले नगर सभामा प्रस्तुत गरिएको प्रतिबेदनमा उल्लेख छ । बाँसगढी नगरपालिकाका सबै सेवालाई अनलाई प्रविधिबाट गर्ने व्यवस्था गरिएको र बाल विवाह, यौन हिंसा, लागुपदार्थ दुव्र्यसनी र आत्महत्या न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन, नगरमा बृहत सरसफाई कार्यक्रम सँगै स्वास्थ्य तथा पोषण, रोजगारी र उद्यमशीलताका क्षेत्रमा पनि उल्लेख्य काम गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । नगर सभाको कार्यसुची अनुसार ९३ आँै नगर कार्यपालिका बैंठकबाट भएका निर्णयहरु र लेखा समिति, विधायन समिति र सुशासन समिति विस्तारका बारेमा समेत नगर सभामा नगर प्रमुखले जानकारी गराउनु भएको थियोे । माघ ६ गते शुक्रबार दोस्रो बैठक बस्ने गरी नगर सभा स्थगित गरिएको छ । नगर सभामा नगर उपप्रमुख ईन्दिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल लगायत वडा अध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *