खोजि गर्नुहोस..

गृह सचिव सिंह द्धारा ईलाका प्रशासन बाँसगढीको भवन उद्घाटन

ईलाका प्रशासन कार्यालय बाँसगढीको कार्यालय भवन उद्घाटन गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिÞहले विशेष कार्यक्रमका बिच कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । कार्यालय भवनको निर्माण सम्पन्न भई गत श्रावण १० गते देखी नै सेवा प्रभाह सञ्चालनमा आए पनि कार्यालय भवनको विधिवद् उद्घाटन भने शुक्रबार मात्रै गृह सचिव सिंहद्धारा गरिएको हो । ३ करोड ८२ लाख ३६ हजार बराबरको लागत स्टमेट रहेको कार्यालय भवन निर्माणको लागि २ करोड १९ लाख ३१ हजारमा ठेक्का सम्झौता भएको ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले बताउनु भयो । उहाँका अनुसार हाल सम्म १ करोड ८४ लाख १७ हजार कुल निर्माण खर्च भएको र कार्यालय परिसर भित्रको काम सम्पन्न भएको छ भने कार्यालय देखी राजमार्ग सम्मको बाटो ग्राभेल र नाली निर्माणको काम गर्न बाँकी रहेको छ । भवन उद्घाटनको अवसरमा बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले गृह सचिव विनोद प्रकाश सिÞहलाई विभिन्न माग सहितको पत्र बुझाउनु भएको छ । नगर प्रमुख खड्काले बाँसगढी सुरक्षाको हिसावले संवेदनशील पालिका भएकाले मोतिपुर ईलाका प्रहरी कार्यालयको स्तरबृद्धि, अस्थाई प्रहरी चौकी लक्ष्मणा, ककौरा, बबई चेपाङ्गमा संरचना निर्माण, बाँसगढी २ र ३ वडाको बिचमा अस्थाई प्रहरी चौकीको स्थापना र बाँके बर्दिया सिमानामा पर्ने मानखोलमा सशस्त्र प्रहरी बल स्थापनाका लागि पहल गरिदिन माग गर्नुभयो । नगर प्रमुख खड्काले २ र ३ वडाको सिमानामा तत्काल प्रहरी चौकीको स्थापनाका लागि नगरपालिकाले निर्णय गरेर पठाई सकेकाले आवश्यक पहल गरिदिन गृह सचिव सिंहलाई अनुरोध गनुभयो । गृह सचिव विनोद प्रकाश सिंहले बर्दिया जिल्ला सँग भावनात्मक सम्बन्ध रहेकाले यहाँका मागहरुको बिषयमा सकारात्मक रहेको बताउनु भयो । बर्दियाको सदरमुकाम देखी टाढा रहेका स्थानिय तहहरुमा ईलाका प्रशासन स्थापना गर्ने कुरामा सहमती रहेको र प्रहरी चौकीहरुको स्तरउन्नतीको लागि प्रर्यत्नशील रहने बताउनु भयो । बर्दियाको शान्ति सुरक्षा र सुशासन कायम गर्न सबैको समन्वयात्मक भुमिका आवश्यक रहने कुरामा उहाँको जोड थियो । कार्यक्रममा गृह सचिव सिंहले जग्गादाता लक्ष्मीदेबी पौडेल, कृष्ण प्रसाद अर्याल र कृष्ण प्रसाद अधिकारीलाई दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गर्नुभएको थियो । बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य श्याम ढकाल, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, बाँसगढी नगरपालिकाका निवर्तमान नगर प्रमुख सालिकराम अधिकारी, विभिन्न राजनितिक दलका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, समाजसेबी, बुद्धिजीबी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ईलाका प्रशासन कार्यालय बाँसगढीका प्रमुख डिल्लीराम आचार्यले गर्नुभएको थियो । नगरबासीहरुको माग र आवश्यकता अनुसार २०७३ जेठ २६ गते देखी बाँसगढीमा ईलाका प्रशासन कार्यालय सञ्चालनमा आएको थियो । बाँसगढीका नागरिकलाई घर आँगनबाटै नागरिकता, राहदानी, नावालक परिचय पत्र, जनजाती, मधेशी, दलित प्रमाणित, ठाडो उजुरी, गुनासो सुनुवाई जस्ता सेवा उपलब्ध गराउने तथा शान्ती सुरक्षा, चोरी तस्करी नियन्त्रण, बजार अनुगमन, सार्वजनिक सम्पतीको संरक्षण, विपद व्यवस्थापन तथा प्रशासनिक कार्यका लागि कार्यालय स्थापना गरिएको थियो । बाँसगढी नगरपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना भए देखी झण्डै ६३ बढी हजार नागरिकहरु सार्वजनिक सेवाबाट लाभान्वित हुदै आएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *