बर्दिया क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले बर्दियाको वास्तविक समस्यालाई संसदमा उजार गर्ने बताएका छन । निर्वाचित लगतै संक्षिप्त प्रतिक्रिया दिदै चौधरीले बर्दियाली जनता र राज्य विपरित कहिल्यै बिचलित नहुने उद्घोष गरे । नागरिक उन्मुक्ति पार्टीका सल्लाहाकार संयोजक समेत रहेका चौधरीले प्रतिनिधि सभा बर्दिया क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । रेशम चौधरीका बुवा समेत रहेका चौधरीलाई रेशम चौधरीको उम्मेदवारी खारेजी भए सँगै नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई समर्थन गरेको थियो । सता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै चौधरी निर्वाचित प्रतिनिधी सभा सदस्यमा निर्वाचति भएका हुन । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पन्थले २६ हजार ३ सय ८४ मत ल्याएका थिए । यसैगरी नेकपा एमालेका पङ्कजसिँह राठौरले १६ हजार ९० मत ल्याउदा राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत पाए । बर्दिया–२ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।