खोजि गर्नुहोस..

इलाका प्रहरी कार्यालय बाँसगढीबाट फरार बलात्कार आरोपित अझै फेला परेनन


साउन १०
इलाका प्रहरी कार्यालय बाँसगढीबाट फरार बलात्कार आरोपितलाई प्रहरीले अझै फेला पार्न नसकेको बताइएको छ । बाँके जिल्ला, खजुरा घर भई बस्ने अब्दुल खा, बाँसगढी नगरपालिकाकी १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा गत असार २३ गते बाँके जिल्लाबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय बाँसगढीमा राखेर अनुसन्धान चलिरहेको थियो ।

खाँ लाई साउन ११ गते बुधबार जिल्ला अदालत बर्दियामा पुनः म्याद थप गर्नको लागि समय तोकिएता पनि उनी एक दिन पहिल्यै ९ गते (सोमबार) बिहान १०ः५५बजेतिर खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले बताउनु भयो । उहाँले सबै ठाँउमा ब्यक्तिको हुलिया पुगाएर खोजी कार्य जारी राखेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *