नेपाल निजामति कर्मचारि संगठन जिल्ला कार्य समिति बर्दिया को आयोजना मा बुधबार सम्पुर्ण निजामति कर्मचारी हरु एक जुट हौ , सघियतामा सुशासन समाजिक सुरक्षा र श्रमको सम्मान , राजनितिक अधिकार सहितको ट्रेड युनियन भन्ने नारा का साथ कार्यक्रम सुरु भएको हो , ३२ औ सगठन स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रम मा २५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।
नेपाल निजामति कर्मचारि संगठन जिल्ला कार्य समिति बर्दिया का अध्यक्ष कृष्ण बहादुर बिष्ट को अध्यक्षता र नेपाल निजामति कर्मचारी सगठन को केन्द्रीय सद्स्य लक्षमी पौडेल को प्रमुख अतिथ्यता मा समपन्न कार्यक्रम मा कार्यक्रम को उदघाटन कार्यक्रम का प्रमुख अतिथि लक्षमी पौडेल ले बासगढि नगरपालिका कि उपप्रमुख सुष्मा चौधरि लाई बलड राखने झोला दिएर उद्घाटन गर्नु भएको हो ।संगठन ले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष कृष्ण बहादुर बिष्ट ले बताए ।
यस्तै कार्यक्रम का विशेष अतिथि तथा बाँसगढि नगर प्रमुख शालिकराम अधिकारि ले हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सन्चालन भैरहेकोमा अहिले विभिन्न गैर सरकारी संघसस्थाहरु, कर्मचारि को समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।
यस्तै नेपाल निजामति कर्मचारि संगठन नगर अध्यक्ष टिकाराम ढकाल ले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।