बाँसगढी नगरपालिकाले सञ्चालन गरेको कक्षा ५ को प्रश्नपत्रमा भाषा परिवर्तनमा दर्जनौ बढि त्रुटी देखा परेको पाईएको छ। बाँसगढी नगरपालिकाले २०७८ चैत २९ गतेदेखि कक्षा १ देखि ९ कक्षा सम्मको परिक्षा सञ्चालन गरेको थियो । सो परिक्षा मा कक्षा ५ को मेरो सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयको परिक्षा सञ्चालन भएको थियो ।
बाँसगढी नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख छत्र बहादुर शाहि ले अनलाईन बाँसगढि सग कुरा गर्दा कक्षा पाँचका शिक्षकहरुलाई प्रश्नपत्र निर्माणका लागि जिम्मा दिइएको बताए । बाँसगढी नगरपालिकामा सामुदायिक र निजी विद्यालयहरुको एउटै स्तरबाट परिक्षा सञ्चालन गर्नका लागि प्रश्नपत्र निर्माणका लागि कार्यशाला समेत गरिएको थियो त्यसबाट नै प्रश्नपत्र नै निर्माण गरिएको थियो । शाखाका प्रमुख शाहीले नगर शिक्षा कार्यालयबाट नै पुनः रिचेक गर्न जानुपथ्र्यो तर गइएन यसमा हाम्रो गल्ती देखियो । तर सुरुमा मैले नै प्रश्न पत्र हेरेको भएर होला सबै केन्द्रमा प्रश्नपत्रमा अग्रेजी भाषामा परिवर्तन गर्दा त्रुटी भएको भन्दै आन्तिरिक रुपमा सुर्कुलर समेत गरिसकेका थियौं त्यसैले धेरै समस्या आएन् । तर अब देखि यस्तो समस्या नआउने र त्रुटी प्रश्न पत्र निर्माण गर्ने अंग्रेजि विषय विज्ञे शिक्षक लाई छानिविन गरि नियम अनुसार बाँसगढि नगरपालिका ले कारवाई गर्ने प्रतिबद्धता समेत प्रमुख शाहीले व्यक्त गर्नुभयो ।